खेलकुद

रियाल एम्बाप्पेलाई विश्व कीर्तिमानी रकम खर्चन तयार

 

यो सिजनको शुरुवाती समयमा ग्यारेथ बेल, करिम बेन्जेमा र केही युवा खेलाडीलाई विश्वास गरेपनि जिदान उनीहरुको प्रदर्शनबाट सन्तुष्ट छैनन्। यसबीचमा रियालले फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा फरवार्ड केलियन एमबाप्पेलाई आउदो सिजन जसरी पनि अनुबन्ध गर्ने तयार रहेको विभिन्न सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

रियालले २० वर्षे एमबाप्पे अनुबन्ध गर्न ३४३ मिलियन पाउन्ड (४०० मिलियन युरो) खर्चन तयार रहेको विभिन्न सञ्चार माध्यममा उल्लेख छ । यदि यो सम्भव भए एमबाप्पे विश्वकै सबैभन्दा महँगा खेलाडी हुनेछन् । २०१७ मा पीएसजीले बार्सिलोनाबाट ब्राजिलियन स्टार नेयमारलाई १९८ मिलियन पाउन्ड (२२२ मिलियन युरो) मा अनुबन्ध गरेको थियो । जुन हालसम्म विश्व कीर्तिमानी मुल्य हो ।

पछिल्लो समय उनी रियालमा अनुबन्ध हुने चर्चामा छ । एमबाप्पेले मोनाकोबाट लोनमा पीएसजी जानुअघि रियालमा आउने चासो देखाएका थिए । समर सिजनमा एमबाप्पे नै रियालको मुख्य लक्ष्य हुनेछ । रियालले यसै विन्टरमा ग्यारेथ बेलसहित रियालमा गोल गर्न संघर्षरत केही खेलाडीलाई बिदा गर्ने मनस्थिति बनाएको छ । यो सिजन एमबाप्पे पीएसजीमै रहने भएपछि रियालले इंग्लिस क्लब चेल्सीबाट हजार्ड र जर्मन क्लब फ्रान्कफर्टबाट लुका जोभिकलाई अनुबन्ध गरेका थिए ।

अघिल्लो सिजन रियालमा राम्रो प्रदर्शन गरेका ब्राजिली भिनिसियस जुनियरले यो सिजन संघर्ष गरिरहेको छ । भिनिसियसले यो सिजन चार खेलमा पहिलो रोजाईमा खेलेका छन् । ५ खेलमा वैकल्पिक खेलाडीको रुपमा खेलेका छन् । भिनिसियसलाई पीएसजीले पनि अनुबन्ध गर्न चाहिरहेको छ । एमबाप्पे ल्याउन रियालले भिनिसियसलाई पीएसजी पठाउन सक्नेछ । पीएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दाे र रियालबीच खेलाडी आदान प्रदानमा छलफल भएको बुझिएको छ ।

केही साताअघि मात्रै जिदान र लियोनार्दाेबीचको छलफलमा जिदानले एमबाप्पेलाई सेतो सर्टमा उतार्ने लक्ष्य रहेको बताएका छन् । लियोनार्दाेले यसमा असमर्थता जनाएपनि जिदानले एमबाप्पको अबको गन्तव्य रियाल नै रहेको बताएका छन् । एमबाप्पले फ्रेन्च लिगवानमा १०४ खेल खेल्दै ६७ गोल र ३१ असिस्ट गरेका छन् ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button