
– इस्को रियल म्याड्रिड र स्पेनिस राष्ट्रिय टोलीमा पुनरामगन गर्न आतुर रहेका छन् । चोटमुक्त भएर फर्कने क्रममा रहेका २७ वर्षे मिडफिल्डरले स्पेनिस टोलीमा फर्कनुका लागि भने पहिला रियलको पहिलो रोजाइमा पर्नका लागि प्रशिक्षक जिनेदिन जिदानलाई प्रभावित गर्नुपर्ने हुन्छ ।
रियलका टोनी क्रुस र लुका मोड्रिच पनि विस्तारै खेलमा प्रदर्शनमा सुधार गरिरेका छन् । त्यस्तै मार्सेलो र राफेल भेर्नान पनि चोटबाट मुक्त हुने कोशिस गरिरेका छन् । इस्कोका लागि यो वर्ष निकै चुनौतिपूर्ण रह्यो । रियलमा सान्टियगो सोलारी प्रशिक्षक हुँदा बेन्चमा सिमित भए भने जसका कारण लुइस इन्रिकेले उनलाई स्पेनिस टोलीमा राखेनन् ।
तर त्यसका वावजुदा रोर्बेटो मोरेनोले उनलाई जुमा फरोओ आइसल्यान्ड र स्वीडेनविरुछको टोलीमा रखेको थिए । तर त्यसपछि भने उनले स्पेनिस टोलीबाट खेल्न पाएका छैनन् । चोटका कारण पीडित उनले रियलमा पनि धेरै खेल्न पाएनन् ।
इन्रिके पुन स्पेनिस टोलीको प्रशिक्षमा नियुक्त भएका छन् । अब इस्को पनि टोलीमा फर्कन चाहन्छन् । त्यसअघि उनले आफुलाई रियलको सुरुवाती ११ मा पर्न प्रयास गर्नुपर्ने हुन्छ ।
फ्रान्सेली प्रशिक्षक जिदानको पहिलो कार्यकालमा इस्कोले नै सबैभन्दा बढी मौका पाए । त्यति बेला उनले १ सय १४ खेल खेलेका थिए । इस्को रियलका लागि सर्वाधिक खेल खेल्ने १२ औं खेलाडी हुन् । उनले ६ हजार ६ सय २४ मिनेट खेलेका छन् ।
तर यो सिजन भने उनी २१ औं नम्बरमा रहेका छन् । रियलले खेलेका १६ खेल मध्यले उनले २ खेल रियल भालाडोलिड र रियल मालोर्काविरुद्धमात्र पहिलो रोजाईमा खेलेका छन् ।hamrokhelkud.com



