खेलकुद

रिउसको गोलले डर्टमन्ड हारबाट जोगियो

एजेन्सी – इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा कप्तान मार्काे रिउसले गोल गरेपछि बोरुसिया डर्टमन्ड जर्मन बुन्डेस लिगामा पादेरवर्नसँगको सम्भावित हारबाट जोगिएको छ ।

घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा डर्टमन्डले तीन गोलले पछि परेको स्थितिमा तीन गोल गर्दै ३–३ गोलको बराबरी खेल्दै सम्भावित हार टारेको हो । पादेरवर्नका स्ट्रेली मम्वाले दुई तथा जेरिट हल्टम्यानले एक गोल गरे । डर्टमन्डका जाडोन सान्चो, एक्सेल विस्टेल र कप्तान मार्काे रिउसले गोल गरे ।

खेलको पाँचौ मिनेटमा स्ट्रेलीले गोल गर्दै पादेरवर्नलाई अग्रता दिलाए । ३७औं मिनेटमा स्ट्रेलीले व्यक्तिगत दोस्रो गोल गरे । ४३औं मिनेटमा जेरिट हल्टम्यानले गोल गरेपछि डर्टमन्ड घरेलु मैदानमा ३–० ले पछि परेको थियो ।

दोस्रो हाफमा डर्टमन्डले उत्कृष्ट पूनरागमन गर्दै तीन गोल गर्न सफल भयो । ४७औं मिनेटमा जाडोन सान्चोले अचराफ हाकिमीको पासमा गोल गर्दै डर्टमन्डलाई खेलमा फर्काउने संकेत देखाए ।

८४औं मिनेटमा एक्सेल विस्टेलले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । हारतर्फ उन्मुख डर्टमन्डका लागि कप्तान रिउसले जाडोन सान्चोको पासमा गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै डर्टमन्ट १२ खेलबाट २० अंक जोडेर पाँचौ स्थानमा रहेको छ । पादेरवर्न ५ अंकसहित रेलिगेसन जोनको पुछारमा छ । बोरुसिया मोन्चेनग्लाडवाच ११ खेलबाट २५ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button