खबर

युवालाई पाँच अर्ब बराबरको सहुलियत ऋण

उद्यमशीलतामा लागेका युवालाई सरकारले सहुलियतपूर्ण ऋण दिने भएको छ। राष्ट्रिय युवा परिषद्ले सञ्चालन गरेको एकहप्ते उद्यमशीलता विकास र वित्तीय साक्षरता तालिममा सहभागी भएका युवालाई बिनाधितो सहुलियतपूर्ण ऋण दिने भएको छ।

विदेशबाट फर्केका र उद्यम सञ्चालन गरिरहेका १६ देखि ४० वर्ष उमेर समूहका युवालाई पहिलो चरणामा ५ अर्ब रुपियाँ बराबरको ऋण दिन लागेको हो। यसका लागि राष्ट्रिय युवा परिषद्ले सरकारी र निजी गरी चारवटा बैंकसँग सम्झौता गर्ने भएको छ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले पहिलो चरणमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास र एनएमबी बैंकबीच सम्झौता हुने तयारीमा रहेको जानकारी गराए ।  नेपाल समाचारपत्रमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button