खबर

खोलियो क्षेत्रीय विद्युत् व्यापारको ढोका

भारतीय कम्पनी जीएमआरले अघि बढाएको माथिल्लो कर्णाली जलविद्युत् आयोजना (९०० मेवा)को विद्युत् तेस्रो मुलुक बंगलादेशले किन्न निश्चित भएपछि क्षेत्रीय विद्युत व्यापारको ढोका खुलेको छ ।

आयोजनाको ९०० मेगावाटमध्ये ५०० मेगावाट विद्युत किन्न विद्युत् खरिद÷विक्री सम्झौता (पीपीए) अन्तिम चरणमा पुगेको हो ।

‘माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने स्वीकृतिका लागि फाइल सरकार (बंगलादेश)को मन्त्रिपरिषद्मा पुगेको छ,’ ऊर्जा सम्मेलनका क्रममा बिहीबार काठमाडौँमा बंगलादेश सरकारका विद्युत्, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले भने,‘केही महिनाभित्रै स्वीकृति प्राप्त हुनेछ ।’आर्थिक अभियान ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button