खेलकुद

माने र फिर्मिनोको गोलमा लिभरपुल अझै अपराजित

एजेन्सी – ब्राजिलियन फरवार्ड रोबर्टाे फिर्मिनोले खेल सकिन पाँच मिनेट बाँकी रहँदा गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएका छन् ।

बराबरीतर्फ उन्मुख खेलमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई घरेलु टोली क्रिस्टल प्यालेसविरुद्ध २–१ को कठिन जित निकाल्दै अपराजित यात्रालाई लम्ब्याएको हो । लिभरपुलका साडियो मानेले गोल गरे । घरेलु टोलीका विलफ्रेड जाहाले गोल गरेका थिए ।

प्रिमियर लिगको १३औं चरण सकिदा लिभरपुलले १२ खेलमा जित र १ बराबरीको नतिजा निकालेको छ । जितसँगै लिभरपुलले शीर्षस्थानलाई थप मजवुत बनाएको छ । लिभरपुलको १३ खेलबाट ३७ अंक छ । जुन दोस्रो स्थानको लेस्टर सिटीको भन्दा ८ अंकले बढी हो ।

निकै नै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ४९औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलाई अग्रता दिलाए । उनले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गरेका थिए । ८२औं मिनेटमा वेलफ्रेड जाहाले बराबरी गोल फर्काएका थिए । त्यसको तीन मिनेटपछि नै फिर्मिनोले गोल गर्दै लिभरपुलाई २–१ को जित दिलाए ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button