खेलकुद

बार्सिलोनासँग रियलको अंक बराबरी

एजेन्सी – स्पेनिस ला लिगामा रियाल म्याड्रिडले सहज जित निकालेको छ । रियालले रियल सोसिडाडमाथि ३–१ को सहज जित निकालेको हो।

घरेलु मैदान सान्टियोगो बर्नबेउमा शनिबार राति भएको खेलमा रियाललाई जिताउन करिम बेन्जेमा, फेडरिको भालभेर्डे र लुका मोड्रिचले गोल गरे । सोसिडाडका विलियन जोसेले एक गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै विलियन जोसेको गोलबाट रियल खेलमा पछि परेको थियो । ३७औं मिनेटमा करिम बेन्जेमाले मोड्रिचको पासमा गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफका सुरुमै फेडेरिको भालभेर्डेले गोल गरेपछि रियालले खेलमा २–१ को अग्रता दिलायो । ७४औं मिनेटमा लुका मोड्रिचले करिम बेन्जेमाको पासमा गोल गर्दै रियाललाई ३–१ को सहज जित दिलाए ।

जितसँगै रियालले शीर्षस्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । रियालको १३ खेलबाट २८ अंक रहेपनि गोल अन्तरमा दोस्रो स्थानमा छ। पराजित सोसिडाड १४ खेलबाट २३ अंक जोडेर अंक जोडेर पाँचौ स्थानमा छ ।

अर्काे खेलमा एट्लेटिको मड्रिडले ग्रानडासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । एट्लेटिको १४ खेलबाट २५ अंक जोडेर तेस्रो स्थानमा छ ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button