स्वास्थ्य

डडेल्धुरामा १० जनामा मलेरिया संक्रमण

औषधि छर्किइयो, झुल वितरणको तयारी
ललित बोहरा

डडेल्धुरा- डडेल्धुराको पर्शुराम नगरपालिकामा मलेरियाका १० बिरामी फेला परेका छन्।

जिल्लाको भित्री मधेस क्षेत्रमा पर्ने पर्शुराम नगरपालिका- २ वडामा मलेरिया रोगका बिरामी भेटिएका हुन्। नगरपालिको वडा नम्बर ६ र ७ बाट बिरामी भएर साँदनी स्वास्थ्य चौकीमा जचाँउन आएका व्यक्तिहरुको रगत परीक्षण गर्दा मलेरियाको संक्रमण देखिएकोे स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टरकन्टोलर सुपरभाइजर हरिप्रसाद भट्टले बताए।

दुई हप्ता अघिदेखि फैलिएको मलेरिया रोग बिरामीहरुले निःशुल्क औषधि सेवन गरिरहेका छन्। भने त्यसमध्ये २ जनालाई ठिक भई सकेको भट्टले बताए। पाँच दिनदेखि स्वास्थ्यकर्मीको टोलीले संक्रमण रहेको सम्भावित रामपुर, भोरकुण्डा, थालिगडा, ठुलागडालगायतका क्षेत्रमा खोजी गरिरहेको बताइएको छ।

साथै औलो प्रभावित वडाहरु पर्शुराम नगरपालिका ६ का केही बस्तीमा लामखुट्टे नियन्त्रणका लागि कीटनाशक औषधि छर्ने काम गरिएको स्वास्थ्य कार्यालय, डडेल्धुराले जनाइएको छ। वडा नम्बर ७ मा आइतबार छर्किने बताइएको छ। प्रभावित बस्तीमा केही दिन भित्र झुल वितरणको तयारी भइरहेको बताइएको छ।swsthyakhabarpatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button