
काँकरभिट्टा / एक नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन २ सय विद्यालयमा डिजिटल प्रविधिमार्फत पठनपाठन शुरु गरेकोे बताए ।
मंगलबार काँकरभिट्टा क्याम्पसको दोस्रो क्याम्पस सभालाई सम्बोधन गर्दे कार्यक्रमका प्रमुख अतिथि समेत रहेका घिमिरेले सक्षम क्याम्पसलाई विश्वविद्यालयमा रुपान्तरण गर्ने नीति लिएको बताए ।
उनले काँकरभिट्टा क्याम्पसलाई थप सुविधा सम्पन्न बनाउन सामाजिक विकाश मन्त्रालय मार्फत तत्काल ३० लाख रुपैयाँ प्रदान गर्ने घोषण समेत गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य रविन कोइराला, प्रदेश सांसद् श्रीप्रसाद मैनाली, गोपालचन्द्र बुढाथोकी, राधा थापालगायतले बोलेका थिए ।कार्यक्रममा अध्यक्ष थापाले क्याम्पसमा भवन र कलेज बसलगायतका भौतिक साधनको अभाव भएको र आगामी दिनमा स्तरीय क्याम्पसको रुपमा विकास गर्ने योजना समेटेको अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा प्रतिवेदन ठाकुर शिवाकोटीले प्रस्तुत गरे । त्यसैगरी, सामाजिक लेखा परीक्षण प्रतिवेदन समितिका संयोजक खड्ग बरालले प्रस्तुत गरेका थिए । २०७६÷०७७ को बजेट र कार्यक्रमका बारेमा भगिरथ भण्डारीले जानकारी गराएका थिए । क्याम्पसले यस आर्थिक वर्षमा १ करोड ४४ लाख रुपैयाँको लागतमा ८ कोठे भवन निर्माण गर्ने योजना बनाएको क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए । क्याम्पसले अक्षयकोषलाई १ करोड रुपैयाँ राशीको बनाउने उद्घोष समेत गरेको र हालसम्म १५ लाख रुपैयाँ बढी संकलन भएको तथा ४० लाख घोषणा भईसकेको उनले बताए । सो अवसरमा डा.शरदचन्द्रप्रकाश राईले १ लाख रुपैयाँ नगद प्रदान गरेको थिए । उनले यसअघि पनि अक्षय कोषका लागि १ लाख रुपैयाँ प्रदान गरिसकेको क्याम्पसले जनाएको छ । त्यसैगरी, क्याम्पसमा सुविधा सम्पन्न अडिटरियल हल निर्माण तथा छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने क्याम्पस प्रमुख उप्रेतीले बताए ।
सञ्चालक सदस्य दुर्गाप्रसाद सापकोटाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख उप्रेतीले गरेका थिए ।janasamsadonline



