
चौतारी पोष्ट अनलाइन डट कम
काठमाडौं – पुरुष क्रिकेट अन्तर्गत १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका लागि बिहीबार माल्दिभ्सको टोलीले आज अभ्यास खेल खेल्दैछ ।
माल्दिभ्सले सागमा नपरेका नेपाली टोलीका खेलाडीसँग खेलाडीसँग अभ्यास खेल्ने छ । मुलपानी क्रिकेट मैदानमा हुने अभ्यास खेलमा नेपालको कप्तानी सिनियर टोलीका अनुभवी खेलाडी शरद भेषावकरले गर्ने छन् । विहान ९ बजेपछि टि ट्वान्टी खेल सुरु हुने नेपाली सिनियर साग टोलीका व्यवस्थापक सुमनराज कार्कीले जानकारी दिए ।
नेपाली टोलीमा शरदसँगै यू१९ का कप्तान रित गौतम, तीव्र गतिका युवा बलर नन्दन यादव, स्पिरन सागर ढकाल, शेर मल्ल, मन्जित श्रेष्ठ, सुनिल धमला लगातका खेलाडी माल्दिभ्सविरुद्ध मैदान उत्रने छन् । माल्दिभ्सको धेरै खेलाडी बारे नेपाली खेलाडीलाई जानकारी छैन । माल्दिभ्समा मोहम्मद रिजवान, अहमद हुसैन, उमर एडमले नेपाली बलरको डटेर सामाना गर्न सक्छन् ।
स्पिनर मोहम्मद महफुज माल्दिभ्सका कप्तान रहेका छन् । माल्दिभ्स आईसीसी टि ट्वान्टी वरियतामा ७६ औं स्थानमा छ । माल्दिभ्स जितभन्दा पनि नेपाली टोलीसँग आजको खेलमा धेरै सिक्न चाहन्छ । सागमा पनि माल्दिभ्सको लक्ष्य त्यहि हुने देखिन्छ ।(हाम्रो खेलकुद)



