
काठमाडौं, मङ्सिर १४ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
मोदीले पत्र मार्फत सो कामना गर्नुभएको काठमाडौंस्थित भारतीय दूतावास स्रोतले जनाएको छ ।
उहाँले प्रम ओलीको शल्यक्रिया पछि छिटो पूर्ण रुपमा स्वास्थ्य लाभको कामना गर्नु भएको छ । उहाँले पत्रमा भारतीय जनता र आफ्नो तर्फबाट थप उपचार सेवा र सल्लाहका लागि सहयोग गर्ने तत्परता व्यक्त गर्नु भएको छ ।गोरखापत्र अनलाइन



