मूल खबर

मेची भन्सारमा यसरी हुन्छ सेटिङ्ग

नेपालको पूर्वी नाकामा रहेको मेची भन्सार कार्यालय काँकरभिट्टा भन्सारका कर्मचारीहरुले नियत साथ ब्यापारीहरुलाई झन्झ्ट गरेरै भए पनि यसरी सेटिङ्ग बनाउन गरेको पाईन्छ ।
केही ब्यापारीहरुले कर्मचारीहरुलाई टेबल मुनिको शैलीले हिसाब मिलाएर मूल्याङ्कन मिलाएर समान जाँचपास गराउन सफल हुने शैली अपनाएकाछन् भने कतिपय ब्यापारीहरुले उचित मूल्याङ्न गरि लाग्ने जति राजस्व बुझाएर लैजान्छु भन्दा समेत कर्मचारीको सेटिङ्गको घेरामा परेपछि हिसाब मिलाउन बाध्य हुने गरेको बुझिएकोछ ।

चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार भारतको बाटो हुदै समान ल्याएपछि मेची भन्सारमा जाँचपासका लागि राख्ने गरिन्छ । भन्सारका कर्मचारीले जो ब्यापारी हिसाब मिलानमा आउने हुन् उनीहरुको समानको जाँचपास चाँडै गरिदिने गर्दछन् भने जो ब्यापारी आफ्नो समान अनुसारको दर रेट कायम गरेर जति हो त्यति मात्र राजस्व बुझाउने गर्दछन् उनीहरुको समान एक एक गरेर खोल्न लगाईने गरिन्छ । हाम्रो श्रोतका अनुसार सयौँ पोका समान पनि हुन सक्छन् र ब्यापारीहरुले त्यसको नमूना समेत ल्याएका हुन्छन् , कुन समान कुन हो भनेर उनीहरुले भन्न पनि सक्छन् ।,तर अनाबाश्यक रुपमा भन्सारका कर्मचारीहरुले सबै समान खोल्न बाध्य पारेपछि आफुहरुलाई ढिलो हुने र सवारी साधनको ढुवानी भाडा बुझाउनु पर्ने भएकाले उनीहरुले पनि हिसाब मिलाएर गरौँ न त भन्न बाध्य हुनु परेको बताईएको छ ।
मेची भन्सारमा समान ल्याईपु¥याए पछि भन्सारका जाँचकीले समानको जाँचपासका क्रममा झन्झट लगाउनु प¥यो भने भएजति सबै समान खोल्न लगाउने र मिलायो भने एक दुई ओटा पोका वा काटुर्न जे छन् खोलेर हेरेर जाँचपास गर्ने गरेको भुक्तभोगीहरु बताउँछन् । एक भुक्तभोगी ब्यापारीले हामीलाई जानकारी गराए अनुसार जाँचपासका लागि ल्याएका समानको पोका वा कार्टुनमा के छ भनेर आफुले भन्न सक्ने र सामान्यतया त्यसरी जाँच गर्दा कुनै गैर कानुनी समान भए आफुनै जिम्मेवार रहने हुनाले आफुहरुले ल्याएको समानका बारेमा ब्यापारीहरु ढुक्कले भन्न सक्ने भए पनि जाँचपासका लागि खटेका कर्मचारीले जानीबुझिकन हिसाब मिलान गर्नका लागि अल्झाउने गरेको उनको आरोप छ।प्राप्त जानकारी अनुसार जाँचपासका लागि खटिने नासु तहका कर्मचारीहरुले नचाहिदो बखेडा झिकेर भएपनि अनाबाश्यक रकम लिने गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button