मूल खबर

राष्ट्रिय जागरण मञ्चद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौँ : कालापानी–लिपुलेक अतिक्रमणबारे राष्ट्रिय जागरण मञ्चले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको छ । भारतले आफ्नो नक्सामा पारेको नेपालीभूमी फिर्ताको लागि पहल गर्न सरकारसँग माग पनि गरेको छ ।

राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीले बिहीबार प्रधानमन्त्रीका मुख्य स्वकीय सचिव इन्द्र भण्डारीलाई ज्ञापनपत्र बुझाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यका कारण आउन नसकेको जानकारी गराउँदै भण्डारीले ज्ञापनपत्र बुझेका थिए ।

व्यापार गर्न भारत प्रवेश गरेको इस्ट इण्डिया कम्पनीले ५ सयभन्दा बढि राज्यमा विभक्त भारतमाथि साम्राज्यवादी पञ्जाले जकडेको अवस्थामा नेपाली वीर पूर्खाहरुले आधुनिक हतियार, षड्यन्त्रहरुलाई नाकाम बनाएपनि तत्कालिन नालायक शासकहरुका कमजोरीका कारण सन् १८१६ मा कपटपूर्ण सुगौली सन्धि भएपछि पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म, यस्तै उत्तरमा तिब्बततर्फ टासिल्हुन्पोसम्म तन्किएको र दक्षिणमा घाघरा–गंगा तथा यमुना–गंगानदीको मैदानसम्म २,६७,५७५ वर्ग किलोमिटरमा फैलिएको नेपाल १,४७,१८१ खुम्चिन पुगेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।२०७६, २७ मंसिर शुक्रबार १६:४१ ई-रातो खबर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button