
जी एन शर्मा
उसले पनि धेरै लड्यो धेरैलाई मा¥यो
धेरै उकाली चड्यो थुप्रै ओराली झ¥यो
सपना भने बोकैकै थियो , सपनालाई जिउँदै राखेको थियो
केही पछुतो र केही उत्साहमा उ पनि समरमा थियो
जे घोकेको र घोकाईएको थियो त्यसलाई संसार र स्वर्ग संझन्थ्यो
उसले जे बुझेको थियो र बुझाईएको थियो त्यो मात्र सत्य थियो
उ लाल जोदाह थियो, ईस्पाते अनुशासनले कुदीएको थियो
सपना भित्र सपनाहरु पालेर त्यसैको गोडमेलमा उ लागेको थियो
जब सत्यको प्रकटन भयो
जे सत्य हो त्यो भयो
उसका उत्साह र सपनाहरु एक्कासी धुस्नो भए
तुफानमा उडेको खरानी जस्ता
सपना भित्रका सपना पनि उसले खोतलेर हे¥यो
त्यहाँ पनि सपनाको बिस्कुन शिवाय केही थिएन
आफैलाई एक फेर छामेर हे¥यो
अनि चिच्याएर सोध्यो आफैसँग
के यही सत्य हो
कतैबाट उस्तै भयंकरको जवाफ आयो
हो , सत्य यही हो
उसले फेरि सोध्यो उसोभए मेरो सपना केहो त ?
उतबाट जवाफ आयो
तिमी अयोग्य लडाकु मात्र हौ

