कलाभिडियो चौतारी

‘सेल्फी किङ’ गीतमा भिमफेदी गाइजसँग केकीको ठुम्का (भिडियो)

फिल्मीखबर, काठमाण्डौ,

आउँदो माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको अभिनेता विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘जाली रुमाल’ बोलको लोक फ्लेवरको गीतमा अभिनेत्री केकी अधिकारी र चर्चित डान्स ग्रुप भिमफेदी गाइजको नृत्य छ । बि पाण्डेको शब्द र सुवास भुषालको संगीत रहेको गीतमा अञ्जु पन्त र पुरुषोत्तम प्रधानको स्वर छ ।

गीतको अडियो निकै बलियो छ । गीतको भिडियोमा केकीलाई नेपाली फिल्मकी अभिनेत्रीको रुपमा नै चित्रण गरिएको छ, जो नृत्य प्रस्तुत गर्नका लागि सोलुखुम्बु पुगेकी हुन्छिन् । यो गीत फिल्ममा कथाको माग रहेको निर्देशक विशाल सापकोटाले बताए । उनले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । दिनेश राउत र सुवास थापाले फिल्मको निर्माण गरेका हुन् ।

ड्रामेडी जनरामा निर्माण भएको फिल्ममा विपिनका अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराईलगायतका कलाकारको अभिनय छ । ‘सेल्फी किङ’ को नामले परिचित एक हाँस्यकलाकारले कला यात्राको दौरान आफूले पाएको सफलता र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा फिल्मले भन्छ ।

फिल्ममा विपिन र लक्ष्मी श्रीमान्-श्रीमतीको भूमिकामा छन् । राजेश बिसुराल र प्रवल कोइराला सह-निर्माता रहेको फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन् । जीवन थापाको सम्पादन रहेको फिल्ममा निर्मल कुमार लामाको कोरियोग्राफी छ । यसअघि सार्वजनिक भएको फस्टलुक पोस्टर र टिजरमा देखिएको विपिनको भिन्न लुक्सले यो फिल्मलाई दर्शकमाझ प्रतिक्षीत बनाएको छ ।

गीत हेर्नुहोस् :-

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button