कृषि र किसान

माग अनुसार टर्की चराको उत्पादन हुन सकेन

वीरगञ्ज। क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुर बाराले उपभोक्ताहरुको मागअनुसार टर्की चराको उत्पादन गर्न नसक्दा यसको मासु खाने पौरखीहरु यसको मासु खानबाट वञ्चित भएका छन् । खानमा स्वादिलो तथा पौष्टिक तत्व प्रचुर मात्रामा रहेकाले यसको माग बढ्दै गए पनि केन्द्रले मागअनुसारको टर्की चरा उत्पादन गर्न नसकेपछि यसको मासु खाने पारखीहरु वञ्चित भएका छन् ।

सरकारी स्तरमा टर्की चराको उत्पादन गर्ने एकमात्र केन्द्रले स्रोत साधनको कमी तथा जनशक्तिको अभावको कारण मागअनुसारको टर्की चरा उत्पादन गर्न नसकेको प्राविधिक अधिकृत विकेद जिसीले बताए ।

अघिल्लो आर्थिक वर्ष २०७५/ ७६ मा सो केन्द्रले १ लाख २५ हजार मूल्य बराबरको टर्की चरा बेचेको थियो ।

यस टर्की चराको मासुमा शीत भण्डारण कम हुने भएकाले यसको मासु बिरामीले पनि खाने हुने भएकाले माग बढ्दै गएको छ । केन्द्रले सन् २००१ देखि टर्की चराको उत्पादन गर्दै आएको र यहाँबाट उत्पादित टर्की चरा व्यापारीले नेपाल अधिराज्यभर लाने गरेका छन् ।

अहिले फार्मभित्र १५० ओटा मासु टर्की रहेको छ । फागुनदेखि भदौ महीनासम्म टर्कीको चल्ला उत्पादन हुने गरेको केन्द्रका क्षेत्रीय प्रमुख केशवप्रसाद श्रेष्ठले बताए ।

कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत रहेको यो केन्द्रले विभिन्न प्रकारका धानको मूल बीउ पनि उत्पादन गर्दै आइरहेको छ ।krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button