विचार

ख्रीष्टमस मान्न उचित छ कि छैन ?

होमराज राई

आज हामी ख्रीष्टियनहरुबीच ख्रीष्टमस मान्न हुँदैन र ख्रीष्टमस मान्न हुन्छ भन्ने यी दुई बिचारधारहरु विश्व इसाईहरुमाझ देखा परेको छ। बिभिन्न इसाई सम्प्रदायीहरुले बाइबलिय आधारमानेर बिभिन्न तर्कहरु दिने गरेको पाइन्छ । यसले कयौं ख्रीष्टियनहरुलाई नै अन्यौलमा पारेको छ त्यसैले म बाइबलिय आधारबाट केहि जिज्ञासाहरुलाई समाधान गर्ने प्रयास गरिरहेको छु ।
१. ख्रीष्टमस मान्न हुँदैन भन्ने पक्षहरुः
बाइबलमा कहिकतै पनि डिसेम्बर २५ तारिख येशू जन्मिनुभएको हो भनेर जन्ममिति लेखिएको छैन त्यसैले वास्तविक जन्ममिति र समय थाहा नभई अन्दाजीको भरमा २५ डिसेम्बरमा ख्रीष्टमस मनाउनु चाहि गलत कार्य हो । मत्ती र लूकाको सुसमाचारमा उहाँको जन्मको विवरण दिइएको भए तापनि नयाँ नियमको कुनै पनि पुस्तकमा उहाँको जन्मदिन उल्लेख नभएकोले उहाँको जन्मको वास्तविक मिति कसैलाई पनि थाहा छैन । हामी इसाईहरु निश्चित सत्य, तथ्यलाई बुझेर अगाडि बढ्ने जातिहरु भएकाले अन्दाजको भरमा उस्किनु हुँदैन भनेर उनीहरु भन्ने गर्दछन् ।
उत्पति १ः २६ मा लेखिएको छ,– फेरि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरुपमा, हाम्रै प्रतिरुपमा बनाऔं । तिनीहरुले समुद्रका माछाहरु, आकाशका पंक्षीहरु, पालिने पशुहरु र जमिनमा चलहल गर्ने सबै जन्तुरुमाथि अधिकार गरुन् ।” यहाँ पिता परमेश्वर, पुत्र परमेश्वर (येशूू ) र पबित्र आत्मा परमेश्वर त्रिएक परमेश्वर हुनुहुन्थ्यो । यहाँ आफ्नै स्वरुपमा मानव जातिलाई बनाउने सल्लाहमा स्वयम येशू हुनुहुन्थ्यो । उहाँ आजभन्दा २ हजार १९ बर्ष अगाडि मात्र आउनु भएको होइन । उहाँ त अनन्तकालदेखि अनन्तसम्म हुनुहुन्छ । त्यसैले उहाँको जन्मदिन मनाइरहन आवश्यक छैन । यूहन्ना ६ः ५१ म लेखिएको छ,– “स्वर्गबाट ओर्लिआएको जिउँदो रोटी म नै हुँ ।, कसैले यो रोटी खायो भने सधैंभरि जिउनेछ । र जुन रोटी म संसारका जीवनका लागि दिनेछु , त्यो चाहिँ मेरो देह हो ।” त्यसैले उहाँ मानव जातिहरुको पाप क्षमा, उद्धार, मुक्ति र अनन्त जीवन दिनको निम्ति यस संसारमा मानवरुप लिएर आउनु भएकोले जन्मदिन अर्थात ख्रीष्टमस मनाउन आवश्यक छैन । र बाइबलको प्रकाश २२ः १८–१९ र ब्यवस्था १२ः ३२ अनुसार– जे जति कुराको आज्ञा मैले तिमिहरुलाई दिएको छु ती पालन गर, र तिनीहरुमा केही घटबढ नगर, भनेर लेखिएको छ । यसबाट बुझ्न पर्छ कि हामीले मनाउँदै गरेको ख्रीष्टमस आज्ञा बिपरित हो भनेर ।
ख्रीष्टमसको इतिहासिक तर्क ः
प्रारम्भिक ख्रीष्टियान मण्डलीहरूमा बेग्लाबेग्लै मितिहरू देखा परे । जनवरी २, अप्रिल १८, अप्रिल १९, मे २०, र डिसेम्बर २५ त्यस्ता मितिहरू थिए । तर डिसेम्बर २५ नै ख्रीष्टमसको लागि औपचारिक मिति हुन पुग्यो । डिसेम्बर २५ लाई नै येशूको जन्मदिनको रूपमा मनाइनुको खास कारण प्रष्ट छैन, त्यसैले यो मिति नै सहि हो भन्न सकिदैन । त्यस समयमा मनाइने गैर–ख्रीष्टियान पर्वले गर्दा उक्त मितिमा ख्रीष्टमस मनाउनलाई प्रभाव पारेको थियो । नयाँ नियमले यसको विषयमा कुनै संकेत दिंदैन । डिसेम्बर २५ को इतिहास अध्ययन गर्ने हो भने “सन् २७४ को डिसेम्बर २५ को दिनलाई सुर्य जन्मेको दिन मनाउनु पर्छ भनि रोमी सम्राट औरेलियनले घोषणा नै गरेका थिए “ि डिसेम्बर २५ लाई ख्रीष्टको जन्म दिन मनाउनुपर्छ भनेर सबैभन्दा पहिला आवाज उठाउने सन् ३२० का पोप जुलियस थिए । खासगरी हेर्ने हो भने डिसेम्बर २५ सूर्यको पूजा गर्ने दिन भएकोले यस्तो मूर्ति पुज्ने समयसंग पबित्र समय दिनलाई जोड्न नमिल्ने उनीहरुको भनाई छ ।
क्रिसमस ट्री
ख्रीष्टियनहरुले ख्रीष्टमसको खुशीयालीमा सुन्दरता र आकर्षणको लागि मात्र सजाउने गरेको पाइन्छ किनकि यसको खास अर्थ के हो भनि सोद्धा जवाफ दिन नसकेको उनीहरुको भइन छ । ख्रीष्टमसको उलक्ष्यमा धुपीको अर्थात कृतिम सानो हरियो रूख बनाएको तारा, बत्तिहरु अनि उपहारहरू लगाएर सजाएको देखिन्छ तर वास्तवमा ख्रीष्टमस ट्री को कुनै बाइबली आधार छैन ।
जर्मनीका महान धर्म सुधारक मार्टिन लूथर १५३० ख्री.पू. मा एक किसमसको साझ घरतिर गई रहेका थिए । उनी जादाँ बाटामा आकासमा ताराहरू देखी त्यो रमाइलो क्षण थियो । त्यो दृश्य अति मनोहर थियो यसैले मार्टिनले घरमा गई एउटा धूपीको रूखमा धेरै मैन बत्तीहरू बाले । तिनलाई त्यो समयमा येशु बेथलेहेममा जन्मनु भएको जस्तै लाग्यो वा त्यो समय त्यस्तै मनोहर थियो । मार्टिनले त्यस रमाइलो दृश्यलाई नानीहरूलाई पनि हेर्न लगाए र खीष्टको जन्मको बारेमा मानिसहरूलाई भने । यसरी क्रिसमस ट्रीको सुरूवात भयो । हुनत यसको सुरूवात बोनिफेनले पहिले नै गरेको भएता पनि ख्रीष्टमसको समयमा प्रचार गर्ने र सुसमाचार सुनाउने कार्य चाहिँ र जे सुकै भएपनि ख्रीष्टमस नमान्नेहरुले ब्यवस्था १२ः २ अनुसार हरेक डाँडा पर्वत र हरियो रुखमा सजाउनु मूर्तिपूजा गर्नु हो त्यसैले यो पनि बाइबलिय मार्टिन बाट भएको पाइन्छ । अमेरिकामा ख्रीष्टमस ट्रीको सुरुवात सन १८३० को लडाँइताका भएको मानिन्छ। सन १८४१ रानी भिक्टोरियाले क्रिसमस ट्रीलाई सजाएपछि बेलायतमा यसको लोकप्रियता बढेको थियो । त्यसको लगत्तै अमेरिकामा समेत ख्रीष्टमस ट्रीले लोकप्रियता हाँशिल गरेको थियो । तअनुसार छैन भनि बिश्वास गर्छन् ।
२. ख्रीष्टमस मान्न हुन्छ भन्ने पक्षहरुः
बाइबलमा ख्रीष्टमस मान्नु पर्छ भन्ने आज्ञा छैन भने नमान्नु भन्ने आज्ञा पनि छैन । यसकारण यो ख्रीष्टमस मनाए पनि हुन्छ र नभनाए पनि हुन्छ, आफैले निर्णय गर्ने हो तर गर्दा नगर्दा अरुलाई दोष लाइराख्नुपर्ने कुरा म देख्दिन । रोमी १४ः ६ मा लेखिएको छ,–“जुन व्यक्तिले कुनै दिनलाई विशेषरुपले पालन गर्छ, त्यसले प्रभुको आदरको निम्ति पालन गर्छ । जुन ब्यक्तिले खान्छ, त्यसले प्रभुको निम्ति खान्छ, किनकि त्यसले परमेश्वरलाई धन्यवाद दिन्छ । जुन व्यक्तिले खाँदैन, त्यसले परमेश्वरको आदरको निम्ति खादैन र परमेश्वरलाई धन्यवाद दिन्छ ।”
बाइबलमा यसरी लेखिएको छ, । बाइबलको यूहन्ना ३ ः १६ मा यसरी लेखिएको छ,– “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नु भयो, कि उहाँले आप्mनो एकमात्र पुत्रलाई दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोहि पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् । ख्रीष्टमसको मुख्य महत्व वा अर्थ भनेको सम्पर्ण मानव जातिहरुप्रति उहाँको प्रेम र अनन्त जीवन हो । यसरी अलौकिक तरिकाले येशू ख्रीष्ट यस दूनियामा मानिसहरुको जीवनमा एउटा महान परिवर्तन ल्याउनलाई जन्मनुभको हो । वास्तवमा येशू ख्रीष्टको जन्म एक ऐतिहासिक तरिकाले भएको थियो। येशूको जन्म हुनुभनेको परमेश्वरको महान उद्देश्य पुरा गर्नु हो । अर्को कुरा सम्पूर्ण श्रापित मानवजातिहरुलाई उहाँको अद्भूद प्रेम र अनन्त जीवनको भागिदार गराउँनु हो यसैलाई ख्रीष्टमस भनिन्छ । अर्को अर्थमा भन्नुपर्दा येशू यस धरतीमा आउँनु भएर पापको बन्धनबाट अनन्त जीवनमा प्रवेश गराउनुभएकोमा हृदयबाट प्रफुलित भएर बिभिन्न तरिकाबाट आराधना गर्नु वा उत्सव मनाउँनुलाई नै ख्रीष्टमस भनिन्छ । त्यसैले हामी सारा मानवजातिहरुले ख्रीष्टमस मनाउँन अति आवश्यक छ ।
ख्रीष्टमस के हो ?
ख्रीष्ट भनेको ग्रीक शब्द हो, जसको अर्थ अभिषेक गरिएको हो । मस, को अर्थ उपहार भन्ने हुन्छ । यी ख्रीष्ट र मस दुई मिलेर ख्रीष्टमस हुन आएको छ । येशू ख्रीष्ट हरेक मानिसहरुको पापबाट मुक्त गर्नको निम्ति परमेश्वरद्वारा प्रार्थना गरेर अभिषेक गरिएको वा संसारको निम्ति अलग (छुट्याइएको) गरिएको भन्ने बुझिन्छ । त्यसैले हाम्रो प्राण,आत्मा र शरीरले ख्रीष्टमस मनाउनु पर्छ । येशू ख्रीष्टको जन्मको सम्झनामा मनाइने पर्व नै ख्रीष्टमस हो । सर्वशक्तिमान परमेश्वरको महान योजनामा संसारको सम्पूर्ण पापी मानिसहरुलाई पापको बन्धनबाट स्वतन्त्र गराएर अनन्त जीवनको भागिदार बनाउने जुन महान अनुग्रह गर्नुभयो, त्यो अनुग्रहलाई नै ख्रीष्टमस भनिन्छ ।
बाइबलमा ख्रीष्टमस मनाउनु भन्ने आदेश नभएता पनि मनाएको दुइवटा उदाहरणहरु चाहिँ छन् । गोठालाहरुलाई स्वर्गदुतले दिएको दर्शन र सन्देश अनि येशुको जन्मको उपलक्ष्यमा गाइएको पहिलो क्यारोल गान । त्यसपछि तिनीहरु उहाँको जन्मको सुसमाचार प्रचार गर्दै गए । यसले हामीलाई पनि अर्थपुर्ण किसिमले ख्रीष्टमस मनाउन सकिन्छ भन्ने दर्शाउछ । अर्को चाहिँ ज्योतिषीहरुले पनि प्रभु येशुको दर्शन गरेर उहाँलाई दण्डवत गर्दै बहुमुल्य भेटीहरु चढाएका थिए ।
ख्रीष्टमसको इतिहास ः
वास्तवमा भन्ने हो भने जुन समय प्रभु येशु इज्रायलको राजधानी यरुशलेमको नजिकै रहेको बेथलेहेम गाउँमा जन्मनुभयो । अनि त्यसै समय देखी नै ख्रीष्टमसको शुरु भएको हो, किन भने उहाँ जन्मनु हुदाँ ज्योतिषिहरु उहाँको सामु गएर उहाँलाई दण्डवत गरेर सुन, सुगन्धित धुप र मुर्रका भेटी चढानुभएको थियो । इज्राएल देशको यरुशलेम शहरको बेथलहेम गाउँमा इसा पूर्व ०४ मा येशूको जन्म भएको थियो । सोही दिनदेखि ख्रीष्टमस शुरुभएको हो । सामान्य अर्थमा ख्रीष्टको जन्मदिनलाई बडा दिन अर्थात ख्रीष्टमस भनिन्छ । ख्रीष्टमसलाई विशेष गरी वडादिन, जन्मदिवस, नयाँ दिन र जन्मोत्सवको दिन भनेर पनि सम्वोधन गरिन्छ । ख्रीष्टमस र नव बर्ष सवभन्दा बहुमूल्य उपहार येशू स्वयम हुनुहुन्छ । स्वर्गदूतहरूबाट शान्तिका गीत गाउँदै ख्रीष्टमस मनाएका थिए ।
हुन त ख्रीष्टमस येशू ख्रीष्टको जन्मदेखि नै शुरु भएता पनि विश्वभर भने विभिन्न समयमा सुरु गरेका थिए । सन् २७४ को डिसेम्बर २५ मा रोमी सम्राट औरेलियनले सूर्य जन्मेको दिन मनाउनु पर्छ भनी घोषणा गरेका थिए । सन् ३२० को डिसेम्बर २५ मा पोप जुलियस प्रथमले ख्रीष्टको जन्मदिन मनाउनुपर्छ भनेर र्सवप्रथम आवाज उठाएका थिए । सन् ३२५ को डिसेम्बर २५ मा रोमी सम्राट कन्स्टन्टाइन्ले ख्रीष्टको जन्म दिन मनाउनुपर्छ भनी आरम्भ गरेका थिए । उनी रोमी सम्राटहरूमा पहिलो ख्रीष्टियन थिए । सन् ३५४ को डिसेम्बर २५ मा रोमको विशप लाइबेरियसले ख्रीष्टको जन्म दिन मनाउनु पर्ने व्यवस्था बनाएका थिए । त्यो समय सूर्यको पूजा गर्नै समय भएतापनि परिवर्तन गरेर खीटमस मनाउन शुरुहुन्छ भने असलै हो किनकि पूजा गर्न छोडेर सबैले येशूको नाउमा ख्रीष्टमस मनाउन थालियो । येशूको आराधना र महिमाले बिश्व गुञ्जयमान हुनथाल्यो ।
ख्रीष्टमस ट्रि ः
ख्रीष्टमस ट्री सजाउने बाइबलीय आधार छैन तर यसले ख्रीष्टियन जीवनलाई आशिषित बनाउने आधार चाहिँ छ । जर्मनीका महान धर्म सुधारक मार्टिन लूथर १५३० ख्री.पू. मा एक ख्रीष्टमसको साझ घरतिर गई रहेका थिए । उनी बाटोमा जादाँ आकाशमा ताराहरूदेखि त्यो रमाइलो क्षण महशुस भयो । त्यो दृश्य अति नै रमाइलो थियो त्यसैले मार्टिनले घरमा गई एउटा धूपीको रूखमा धेरै मैन बत्तीहरू बाले । त्यो समयमा येशु बेथलेहेममा जन्मनु भएको जस्तै लाग्यो वा त्यो समयमा येशूको झलक महशुस गरिरहेको थियो । मार्टिनले त्यस रमाइलो दृश्यलाई नानीहरूलाई पनि हेर्न लगाए र खीष्टको जन्मको बारेमा मानिसहरूलाई भने । यसरी ख्रीष्टमस ट्रीको सुरूवात भयो । हुनत यसको सुरूवात बोनिफेनले पहिले नै गरेको भएता पनि ख्रीष्टमसको समयमा प्रचार गर्ने र सुसमाचार सुनाउने कार्य चाहिँ मार्टिनबाट भएको पाइन्छ ।
अहिले ख्रीष्टमस ट्रि अझै बिभिन्न प्रकारले सजिएको पाइन्छ । बिभन्न कलरको झिलिमिलि बत्तिहरुले सजिएको, उपहारहरु, स्याउका फलहरुले सुन्दर र मनमोहक पार्ने खाल्को ट्रि ले बेग्लै आनन्द दिने गर्छ । जसरी ख्रीष्टमस ट्रि ले एक किसिमको आनन्द दिन्छ त्यसतै हाम्रो ख्रीष्टियन जीवन पनि ख्रीष्टको प्रेमले झल्केको हुनुपर्दछ । हामी देश र समाजमा बत्तिको चमक झै असल ब्यवहारले चम्कनु पर्दछ । ट्रि मा सजिएको उपहारले हाम्रो एकअर्कापर्ति प्रेमभाव प्रकट हुन पर्छ । स्याउको स्वाद जति स्वादिष्ट हुन्छ त्यस्तै हाम्रो बोलिबचन त्यस्तै हुनपर्दछ । उहाँमा विश्वास गर्ने हरेक विश्वासीहरुले आफ्नो नराम्रा पुरानो स्वभावहरु त्यागेर नयाँ जीवन धारण गर्नु नै ख्रीष्टमस हो । (कलस्सी ३ः८–१२) व्यवहारिक जीवनमा येशू ख्रीष्टलाई धारण गरेर शान्ति, आनन्द र रमाहटका साथ परमेश्वरलाई आराधना चढाउनु नै ख्रीष्टमस हो । मण्डलीका सबै विश्वासीहरुसँग ख्रीष्टिय प्रेम, एकता, भाइचारा, सहानुभूति, आदर र शिष्टतामा रहेर बचनको आदनप्रदान, प्रर्थना र पवित्र संगतिको सहभागिता नै ख्रीष्टमस भएकाले यो पर्व येशू ख्रीष्टमा आस्था राख्ने नयाँ जीवन पाएका विश्वासीहरुको निम्ति शान्ति र आनन्दको उत्सव हो ।
आज विश्वका ईसाइहरुले ख्रीष्टमसलाई महत्वपूर्ण पर्वको रुपमा मनाउदै आइरहेको पाइन्छ । ख्रीष्टमसलाई शान्तिको सन्देश बोकेको पर्वको रुपमा २५ डिसम्बरमा धुमधामसँग मनाउदँै आइरहेको छ । त्यसैले ख्रीष्टमस येशू ख्रीष्टमा विश्वास गर्ने पापको क्षमा र मुक्तिको निश्चयता पाएका विश्वासीहरुको निम्ति अत्यन्तै महत्वपूर्ण छ । यो ख्रीष्टमस येशू ख्रीष्टमा विश्वासीहरुसँग जोडिएको कारण यो ख्रीष्टमसलाई आत्मिक रुपले मनाउनु जरुरी छ । तर मनोरञ्जनको रुपमा मनाउनु गलत हो । मनोरञ्जनको निम्ति धेरै रुपैया खर्च गरेर विकृति फैलाउनु उचित हुदैन । ख्रीष्टमसको महत्वलाई बुझेर पवित्रता, धार्मिकता र सत्यतामा मनाउनु असल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button