कृषि र किसान

जापान निर्यातको तयारीमा वालिङमा उत्पादित मह 

वालिङ। यहाँ उत्पादन भएको महलाई जापान निर्यात गर्ने सम्झौता भएसँगै सङ्कलन कार्य थालिएको छ । रेशम विकास कार्यक्रमले यहाँ उत्पादन भएको गुणस्तरयुक्त मह जापानस्थित कम्पनीमा निर्यात गर्ने सम्झौता गरेपछि सङ्कलन थालिएको हो ।
रेशम विकास कार्यक्रम २०४२ मा लागू भए पनि पहिलो पटक चालू आर्थिक वर्षको शुरुआतसँगै मौरीपालन कार्यक्रम ल्याएको सो कार्यक्रम स्याङ्जाका प्रमुख विनोद हमालले बताए । “रेशम विकास कार्यक्रमअन्तर्गत गत साउनबाट मौरीपालन कार्यक्रम पनि समावेश गरेर मौरीपालनलाई थप व्यावसायिक बनाउँदै लगेका छौं”, उनले भने, “कृषकले व्यावसायिकरुपमा उत्पादन गर्नुभएको गुणस्तरीय मह बिक्रीका लागि जापानको कम्पनीसँग सम्झौता भएकाले बजारको कुनै समस्या रहने छैन । महको माग जापानमा धेरै छ ।” यसपटक पहिलो चरणमा पुस मसान्तभित्र २०० केजी गुणस्तरीय मह जापान निर्यात गर्ने सम्झौता भएकाले महको गुणस्तर परीक्षण तथा सङ्कलनको काम भइरहेको प्रमुख हमालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button