– साबुन पानीले राम्ररी हात धुने।
– टाउकोलाई पछाडि ढल्काउने अथवा पल्टीने।
– एक हातको औलाले आँखाको तत्लो भागलाई हल्का तल तानेर औषधि थोपा हाल्नका लागि ठाउँ बनाउने।
– अर्को हातले औषधिको बोतल लिने र बोतलको टुप्पोलाई आँखा नजिक लाने (टुप्पोले आँखामा नछुवाउनु होस)
– बोतललाई बिस्तारै थिचेर औषधिको थोपालाई आँखाको तल्लो भाग तानेर बनाएको ठाउामा लगाउने।
– आँखालाई दुईतीन मिनेटसम्म बन्द राखेर भुईतिर निहुरिने (आँखालाई बिस्तारै बन्द गर्नुहोला)
– आँखाको भित्री कुनालाई बिस्तारै थिच्ने।
– आँखा बाहिर परेको औषधिलाई सफा कपडाले पुछ्ने।
– एक भन्दा बढी औषधि आँखामा लगाउनु परेमा पहिलो औषधि प्रयोग गरेको ५ मिनेटपछि मात्र दोस्रो औषधि प्रयोग गर्ने।
– प्रयोग पछि बोतलाई राम्ररी बन्द गर्ने (बोतलको टुप्पोलाई धुने वा छुने गर्नु हुँदैन)
– औषधि प्रयोग गरेपछि हात राम्ररी धुने।स्वास्थ्य खबरपत्रिका



