स्वास्थ्य

स्वास्थ्यकर्मीको लाइसेन्स परीक्षा चैतमा गर्ने निर्णय

काठमाडौं- नेपाल स्वास्थ्य व्यवसायी परिषदले चैत पहिलो साता स्वास्थ्यकर्मीको लाइसेन्स परीक्षा लिने निर्णय गरेको छ। परिषद्को इतिहासमा नै पहिलो पटक परीक्षा हुन लागेको हो।

काउन्सिलको शनिबार साँझ बसेको बैठकले परीक्षा चैतको पहिलो साता गर्ने निर्णय गरेको परिषदका रजिष्ट्रार दीपक भट्टले जानकारी दिए।

यो निर्णयले गुणस्तरमा ठूलो सुधार ल्याउने उनले बताए।

लाइसेन्स परीक्षा लिने विषयमा परिषदको गत असोज ५ गते बसेको बैठकले स्वास्थ्य मन्त्रालयसँग स्विकृती माग्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि परिषदले मन्त्रालयमा स्विकृतीका लागि पत्र पठाएको थियो।

मन्त्रालयले परिषदलाई कात्तिक १९ गते परीक्षा सञ्चालको स्विकृति दिएको हो। सोही अनुसार परिषदल् चैतमा परीक्षा गर्ने निर्णय गरेको हो।

परिषदले पहिलो चरणमा ब्याचलर तहका स्वास्थ्यकर्मीको लाइसेन्स परीक्षा लिने तयारी गरेको छ। त्यसपछि अन्य तहको पनि परीक्षा लिने काम अगाडि बढ्ने रजिष्ट्रार भट्टले जानकारी दिए।

परिषदको ऐनको दफा ३३ अनुसार परिषद नियमावली २०५६ को नियम ७ मा स्वास्थ्यकर्मीको नाम दर्ताका लागि परीक्षा सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ। परिषदले सोही व्यवस्था अनुसार परीक्षा सञ्चालनको लागि आवश्यक प्रक्रिया अगाडि बढाएको हो।स्वास्थ्य खबरपत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button