मूल खबर

सिद्धबाबालाई तीन दिनको म्याद थप

इटहरी । महिला बलात्कारको आरोपमा उजुरी परे पनि हालसम्म प्रहरी हिरासतमा नपरेका सिद्धबाबालाई प्रहरीले फेरि ३ दिनको म्याद थप गरेको छ । वराहक्षेत्रको चतरास्थित रामानन्दाचार्य सेवापीठका मठाधीस कृष्णबहादुर गिरीले हिरासद छल्दै अस्पतालको डिलक्स रुमलाई ‘भिआइपी हिरासत’ बनाउदै आएका छन । जिल्ला अदालत सुनसरीका न्यायधिस सिमानन्द भुसालको इजलासले ३ दिनको म्याद थप गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए ।

आफूलाई आयुर्वेद र वेदका ज्ञाता, जगद्गुरु, अनन्तश्री महायोगी सिद्धबाबा भनेर नामको अगाडि विद्यावारिधि गरेको भन्दै डा. लेख्न मन पराउने ४५ वर्षीय कृष्णबहादुर गिरी विराट नर्सिङ होममा ‘उपचारको नाटक गर्दै प्रहरी हिरासतमा बसेका छैनन् । विराट नर्सिङ होमको स्त्री तथा प्रसूति विभागको पाँच नम्बर बेडमा भर्ना भएर बस्दै आएका छन ।

पहिलो पटक ७ दिनको, दोस्रो पटक ४ दिनको र तेस्रो पटक ३ दिन चौथो पछिल्लो पटक ७ दिनको र पाचौ पटक ३ दिनको म्याद थप भए पनि उनी सर्वसाधारण राखिने प्रहरी हिरासतमा बसेका छैनन् । दुई नागरिकता लिएको, सुनसरी–मोरङ सिंचाइ आयोजनाको १३ बिघा जग्गा कब्जा गरी त्यहाँ बसेका आदिवासी जनजाति समुदायलाई विस्थापित गरी एक्लौटी रूपमा भोगचलन गरेको आरोप उनी माथि लाग्दै आएको छ ।

रातारात ८ करोड रुपैयाँ लागतमा १ सय २८ कोठे वातानुकूलित भवन निर्माण गरेको, सात कक्षा फेल भए पनि विभिन्न विषयमा आचार्य गरेको र केही विषयमा विद्यावारिधि नै गरेको, अनुयायी महिलाप्रति आशक्त भएर यौन दुव्र्यवहार गर्ने गरेको, नौ–नौ दिनसम्म भूसमाधि बसेर सर्वसाधारणलाई पङ्गु बनाएको जस्ता विवादमा आइरहने भएकाले ‘सिद्धबाबाले गरेको बलात्कार काण्ड’ बारे सर्वसाधारणमा चासो बढेको हो।सञ्चारपाटी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button