खबर

सन्त नेता कृष्णप्रसाद भट्टराईको ९६ औं जन्मजयन्ती मनाइँदै

काठमाडौं / भोली पुष ८ गते नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९६ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन्त नेताका रुपमा परिचित नेता भट्टराईको जन्मजयन्तीका अवसरमा पुस पहिलो साताभर विभिन्न कार्यक्रमहरु गर्ने तय भएका छन् ।

सन्त नेता भट्टराई इमान र नैतिक राजनेताका रुमपा नेपाली जनता माझ परिचित थिए । राजनीतिमा निष्ठा र मूल्य मान्यताप्रतिको प्रतिवद्धताकै कारण उनी पञ्चायती तानाशाही शासन व्यवस्थामा १४ वर्ष जेल बसेका थिए । भट्टराईले २०४७ सालको संविधान निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । भट्टराई प्रधानमन्त्री भएका बेला बालुवाटारबाट फर्किने बेलामा छाता, माटाको सुराही र टिनको एउटा बाकस लिएरमात्र बाहिरिएका थिए । सन्त नेता भट्टराईको जन्म सन् १९२४ मा भारतको बनारसमा भएको थियो । उनले २००७ सालको राणा विरोधी आन्दोलन, २०४६ सालको जनआन्दोलनलगायत मुलुकको महत्वपूर्ण परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
२०४७ साल वैशाख ६ गते गठित अन्तरिम सरकार र २०५६ सालको निर्वाचनपछि गरी उनी दुई पटक मुलुकको प्रधानमन्त्री बनेका थिए । २०४७ सालको संविधान निर्माण र छोटो संक्रमणकाबीचमा तत्कालीन शक्तिहरुबीच समन्वय कायम गरी मुलुकलाई अस्थिरताबाट विकासको बाटोमा लैजान उनी सफल भएका थिए । उनको निधन २०६७ साल फागुन २० गते भएको थियो ।niskarshanews

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button