खेलकुद

फिर्मिनोको दुई गोलमा लेस्टर निरिह

एजेन्सी – ब्राजिलियन फरवार्ड रोवर्टाे फिर्मिनोको दुई गोल मद्दतमा मर्सिसाइड क्लब लिभरपुललले इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीमाथि सानदार जित निकालेको छ । लिभरपुलले यो सिजन उच्च प्रदर्शन गरिरहेको लेस्टर सिटीलाई उसकै मैदानमा ४–० को नमिठो हार चखाएको हो ।

किङ पावर स्टेडियममा लिभरपुलको सानदार जितमा फिर्मिनोको दुई गोलसँगै जेम्स मिल्नर एलेक्सजेन्डर अर्नाेल्डले गोल गरे । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा लिभरपुलले १ गोल मात्र गर्न सफल हुदा दोस्रो हाफमा थप ३ गोल गर्न सफल भएको थियो । खेलको ३१औं मिनेटमा अर्नाेल्डको पासमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा लिभरपुलले सानदार प्रदर्शन गर्दा लेस्टर सिटी निरिह बन्न पुगेको थियो । लिभरपुलले दोस्रो हाफा ८ मिनेटको अन्तरमा ३ गोल गर्दै फराकिलो जित निकाल्न सफल भएको थियो । ७१औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनायो । कार्लर सोयन्कुले सिक्स यार्ड बक्समा भर्जिल भान डाइकलाई लडाएपछि प्राप्त पेनाल्टीमा मिल्नर चुकेनन् ।

अर्नाेल्डकै पासमा ७४औं मिनेटमा फिर्मिनोले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै लिभरपुललार्य खेलमा ३–० ले अघि बढाए । ७८औं मिनेटमा दुई गोलको लागि असिस्ट दिइसकेका अर्नाेल्डलेसाडियो मानेको पासमा गोल गर्दै लिभरपुललाई ४–० को सानदार जित दिलाए । यो सिजन उच्च प्रदर्शन गरिरहेका लेस्टरले बिहीबार राति घरेलु मैदानमा लिभरपुलविरुद्ध कुनै पनि समयमा उल्लेख्य आक्रमण बुन्न सकेन ।

जितसँगै लिभपुलले शीर्षस्थानमा बलियो पकड बनाएको छ । अपराजित रहेको लिभरपुलको १८ खेलबाट ५२ अंक पुगेको छ । जुन दोस्रो स्थानको लेस्टर सिटीको भन्दा १३ अंकले बढी हो । लेस्टरको १९ खेलबाट ३९ अंक छ । सिटीको १८ खेलबाटै ३८ अंक छ ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button