खबर

ग्रहदशा फाल्न चिडियाखानामा !

धर्मप्रति आस्था राख्नेहरू ग्रहदशा फाल्न चिडियाखाना पुग्ने गर्छन् भन्ने सुन्दा पत्यार नलाग्न सक्ला । भगवान गणेशको रूप मानिँदै आएको हात्तीको दर्शन गरी आहारा खुवाउँदा ग्रहदशा कट्छ भनेर हरेक मङ्गलबार जावलाखेल सदर चिडियाखानामा मानिस पुग्ने गरेका छन् ।

चिडियाखानाका वरिष्ठ क्युरेटर रचना शाहले भने, “ग्रहदशा फालिने विश्वासले हरेक मङ्गलबार भगवान गणेशप्रति आस्था राख्नेहरू आउने गरेका छन् ।” बाघलाई आहारा खुवाउँदा पनि ग्रह हट्छ भन्ने विश्वासले हरेक आइतबार उत्तिकै मानिस चिडियाखाना पुग्ने गरेका छन् ।

हात्तीलाई खाना खुवाउन प्रतिव्यक्ति १५० रुपियाँ र बाघलाई खाना खुवाउन दुई सय रुपियाँ लिने गरिएको छ । बाहिरबाट ल्याइएका खाना स्वास्थ्यका दृष्टिकोणले उपयुक्त नहुने हुँदा हात्ती वा बाघलाई खुवाइने आहाराको व्यवस्था चिडियाखानाले नै गरिदिने गरेको छ । गोरखापत्र दैनिकमा  छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button