मूल खबर

गम्भीर अपराध कर्ममा वकिल

आज  काठमाडौँबाट प्रकाशित मुख्य दैनिक पत्रिकाले पोखरा र लुम्बिनी रेल आयोजना निर्माणको लागत अनुमानक एवं समसामयिक राजनीतिक तथा सामाजिक विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा देखिएको विवाद एवं पैदलयात्रीका लागि असुरक्षित बन्दै गएको काठमाडौँ उपत्यकाकाको सडकको विषयले आज प्राथमिकता पाएको छ ।

६ वर्षमा सुरुङ र आकाशे पुल हुँदै रेलमा पोखरा र लुम्बिनी

कान्तिपुरले ‘पोखरा र लुम्बिनी रेललाई ७ खर्ब’ शीर्षकमा मुख्य समाचार लेखेको छ । समाचारमा काठमाडौँ–केरुङ रेलमार्गपछि यहाँबाट पोखरा र लुम्बिनी जोड्ने अन्य दुई रेलमार्गको पनि पूर्वसम्भाव्यता अध्ययन पूरा भएको उल्लेख गरिएको छ । त्यसअनुसार काठमाडौँ कुरिनटार हुँदै पोखरा र कुरिनटारबाट लुम्बिनीसम्म पु¥याइने रेलमार्ग बनाउन गरिक ७ खर्ब रुपैँया लाग्ने देखिएको छ । त्यसको निर्माण अवधि ६ वर्षको हुने अध्ययन प्रतिवेदनमा उल्लेखछ ।

चीनका दुई सरकारी कम्पनीले नेपालको रेल विभागलाई गत मंसिरमा काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएका थिए । अध्ययनपछि कार्य कसरी अगाडि बढाउने भन्ने विषय भने छलफलकै चरणमा रहेको विभागले जनाएको छ । चीनको रेलवे इन्जिनियरिङ डिजाइन एन्ड कन्सल्टिङ ग्रुपले काठमाडौँ–पोखरा र चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्ुटले कुरिनटार–भरतपुर–लुम्बिनीको अध्ययन गरेका हुन् । रेल विभागका महानिर्देशक बलराम मिश्रले चीन सरकारको खर्चमा पूर्व सम्भाव्यता अध्ययन भएको बताए ।

पोखरा र लुम्बिनीमा लैजाने रेलमार्ग केरुङ हुँदै काठमाडौँ ल्याउने र अर्को रेलमार्गसँग टोखामा जुड्नुपर्ने अध्ययनले देखाएको छ । यसकारण पोखरा र लुम्बिनी जाने रेलमार्गको सुरु विन्दु टोखा हुनेछ । टोखादेखि पोखराको लम्बाइ १६८ दशमलव ३३ किलोमिटर हुनेछ । यो रेलमार्ग निर्माणका लागि ३ खर्ब ९० रुपैयाँ लाग्नेछ । यस मार्गमा १३ वटा स्टेसन हुनेछन् । यस रेलमार्गमा रहने १० वटा सुरुङमार्गको लम्बाई ४९ किलोमिटर रहने अध्ययन देखाएको छ ।

त्यसैगरी कुरिनटार–भरतपुर–लुम्बिनी रेलमार्गको दुरी १५५ दशमलव ६६ किलोमिटर रहने र ३ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यो मार्गमा १४ वटा स्टेसन रहने समाचारमा उल्लेख छ । यस खण्डमा सुरुङ र पुलको दुरी १३ किलोमिटर हुनेछ । त्यसमा ४६ पुल र ४ सुरुङमार्ग हुनेछ ।

गुटमै रमाए देउवा

अन्नपूर्ण पोस्टका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा असन्तुष्ट पक्षलाई पेलेरै अगाडि बढेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति देउवा पक्षबीच लगातार वार्ता भएर सहमति नजिकै पुग्नै लाग्दा देउवा एक्लैले पार्टीका महत्वपूर्ण निर्णय लिएका हुन्।

देउवाको सो निर्णयप्रति पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्नो गुटको आधारमा निर्णय गराएर सभापतिले महाधिवेशन कब्जा गर्न खोज्नुभएको प्रतिक्रिया दिएका छन् भने वरिष्ठ नेता पौडेलले सभापतिले पार्टीलाई संकटतिर धकेलेको आरोप लगाएका छन् ।

कान्तिपुरले ‘एक्लै अघि बढे देउवा’ शीर्षकमा समाचार लेख्दै सिटौला र वरिष्ठ नेता पौडेलको भनाइलाई प्राथमिकता दिएको छ । समाचारमा सिटौलाले भनेका छन– यो निर्णयले गुटका सदस्यको अहंकार बढेको होला तर समग्र पार्टी कमजोर भएको छ । कांग्रेस कमजोर भएको हेर्न चाहनेलाई खुशी बनाएको छ । नयाँ पत्रिकाले कांग्रेसमा देखिएको विवादका विषयमा ‘निर्णय नसच्याए विद्रोह हुने चेतावनी’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

गम्भीर अपराध कर्ममा कालाकोटे

नयाँ पत्रिकाले न्यायका लागि बहस पैरवी गर्ने कानुन व्यवसायी नै पेसागत आचारसंहिता उल्लंघन गर्ने मात्र होइन, मिर्गौला तस्बरीजस्ता गम्भीर अपराधमा समेत मुछिन थालेका छन् । पछिल्लो एक वर्षमा १० अधिवक्ताविरुद्ध भ्रष्टाचार तथा फौजदारी मुद्दा चलेको छ । नैतिक आचरण र पेसागत मर्यादा उल्लंघन गरेको भन्दै ९९ अधिवक्तामाथि बार काउन्सिलले छानबिन गरिरहेको छ । वकालती पेसालाई माध्यम बनाएर अनुचित तरिकाबाट अकुत सम्पत्ति आर्जन गर्ने तथा अपराध कर्ममा लागेको भन्दै उनीहरुविरुद्ध काउन्सिलमा उजुरी परेको थियो ।

समाचारका अनुसार सरकारी जग्गा हाउजिङको नाममा गराउने तीन वकिलविरुद्ध मुद्दा दायर भएको छ भने १० अधिवक्ताको लाइसेन्स रद्ध गरिएको र १० अधिवक्ता विरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको र न्यायाशीश ठग्ने अधिवक्तालाई जेल चलान गरिएको छ ।

बटुवा ठक्कर दिँदै भाग्दै

नागरिक दैनिकले ‘असुरक्षित पैदलयात्री, ठक्कर दिँदै भाग्दै’ शीर्षकमा आवरण समाचार लेखेको छ । समाचारमा मंसिर ७ गते मर्निङ वाकमा निस्केका सिभिल हस्पिटलका वरिष्ठ चिकित्सक प्रभु जोशीलाई काठमाडौँको वानेश्वरमा बसले ठक्कर दिएको, कात्तिक १२ गते काठमाडौँको तीनकुनेमा जेब्राक्रसबाट सडक पार गरिरहेका टोटेश्वरका सुजन केसीलाई ट्रकले हानेको र यही पुस ८ गते विहान गुर्जुधारा चोकमा ट्रकले चन्द्रागिरिका अर्जुनबहादुर केसीलाई ट्रकले ठक्कर दिएको लगायतका घटना प्रस्तुत गर्दै सडकमा बटुवा असुरक्षित भएको उल्लेख गरिको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button