धुलाबारी । तेस्रो अन्तर्राष्टिय औधोगिक, ब्यापार तथा पर्यटन महोत्सव धुलाबारीमा गुणस्तरिय शैक्षिक तथा प्राविधिक अध्ययनका लागि कार्यरत लक्ष्मी एजुकेशन कन्सल्टेन्सी काठमाण्डौ मुख्य कार्यालय र शाखा कार्यालय काँकरभिट्टाले शैक्षिक परामर्शका लागि आफ्नो सूचना स्टल महोत्सवमा राखेको छ ।
लामो समयदेखि गुणस्तरिय र प्राविधिक शिक्षाको अध्ययनमा आफ्नो फरक पहिचान बनाउन सफल यो कन्सल्टेन्सीले यस क्षेत्रका अभिभावक र बिध्यार्थीलाई कन्सल्टेन्सीले उपलब्ध गराउँदै आएको शैक्षिक परामर्श र बिध्यार्थीहरुको प्रगतिको जानकारी दिनका लागि शैक्षिक सूचना केन्द्र महोत्सवमा सामेल गराएको कन्सल्टेन्सीले जानकारी गराएको छ । लक्ष्मी एजुकेशन कन्सल्टेन्सीका ब्यबस्थापक उत्सव बनका अनुसार आफ्नो कन्सल्टेन्सीले स्वदेश र बिदेशमा विविध विषयमा गुणस्तरिय शिक्षा लिन चाहाने बिध्यार्थीहरुका लागि सम्पूर्ण जानकारी सहज रुपमा उपलब्ध गराउन सकियोस भन्ने उद्देश्यले महोत्सवमा स्टल राखेको बताए ।

‘ हामीले शैक्षिक स्टल राख्नु भनेको प्राविधिक तथा अन्य रुचिका विषयमा यस क्षेत्रका बिध्यार्थीहरुलाई घर आँगनमानै आएर सम्पूर्ण जानकारी गराउनुनै रहेको छ ’ स्टलका प्रमुख समेत रहेका बनले भने— हामीले अहिले यहाँ पारामेडिकल, अप्टोमेट्री, ल्याब र अपरेसन थिएटर जस्ता मेडिकल साईन्सका विषयमा जानकारी गराईरहेकाछौँ । स्टलका अर्का सहयोगी नविन पोखरेलका अनुसार लक्ष्मी एजुकेशनको यो शैक्षिक स्टलमा अपेक्षा गरे भन्दा धेरै बिध्यार्थीहरुले शैक्षिक परामर्श लिएको बताए ।
बिशेष गरेर मेडिकल साईन्स र अन्य प्राविधिक शैक्षिक विषयमा परामर्श लगायत अध्ययनका लागि आबाश्यक ब्यबस्थापनको जिम्मेबारी बहन गर्दै आएको यो कन्सल्टेन्सीले आफ्नो शैक्षिक परामर्श केन्द्रबाट पठाएका धेरै बिध्यार्थीहरु अहिले पनि भारत आसामको डाउन टाउन युनिभर्सिटीमा अध्ययन गरिरहेको ब्यबस्थापक बनले जानकारी गराए । महोसत्वको स्टल नं ६७ मा रहेको लक्ष्मी एजुकेशनको शैक्षिक सूचना केन्द्रको रुपमा रहेको स्टलमा आएर थप जानकारी लिन समेत उनले सबैसँग अनुरोध समेत गरेकाछन् ।



