मूल खबर

कृष्णदासलाई १० बर्ष जेल सजाय !

सुनसरी । अनुयायीलाई करणी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका कृष्णबहादुर गिरी अर्थात कृष्णदासलाई जेल पठाउने कि छाड्ने भन्ने थुनछेक बहास आइतबार शुरु हँुदै छ ।

शुक्रबार जिल्ला अदालत सुनसरीमा गिरीको बयान सकिएकाले आइतबार थुनछेक बहस हुने छ । यदि उनी माथि लागेको अभियोग प्रमाणित भए सात देखि १० बर्ष कैदको फैसला हुने छ ।

अभियोग प्रमाणित नभए उनी छुट्न समेत सक्ने छन् । मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को १, २ र ३ (ङ)अनुसार १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए ७ वर्षदेखि १० वर्षसम्म सजाय हुने व्यवस्था उल्लेख गरेको छ ।

अनुयायीलाइै जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका कृष्णदास भनिने कृष्णबहादुर गिरीको बयान शुक्रबार लिइएको छ ।

उपचारको बहाना देखाउँदै विराटनगरको एक निजी अस्पतालको सुविधा सम्पन्न कोठामा रहेका गिरीलाई शुक्रबार ११ बजेको समयमा जिल्ला अदालत इनरुवा सुनसरीमा उपस्थित गराएपछि अदालती बयान लिइएको हो ।

कृष्णदासको मुद्या सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको १ नम्बर इजलासमा परेको छ । सरकारी वकिलमार्फत बिहीबार साँझ अदालतसमक्ष मिसिल बुझाएपछि कृष्णदासमाथिको अदालती प्रक्रिया शुरु भएको हो ।

सरकारी वकिलको कार्यालयले अदालतमा बुझाएको अभियोग पत्रमा कृष्णबहादुर गिरीले मुलुकी अपराध संहिता, २०७४को दफा २१९ को १, २ र ३ (ङ) बमोजिम कसुर गरेको तथ्य पुष्टि भएकाले निज प्रतिवादी सिद्धबाबा, रामकृष्णाचार्य, श्री वैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीमाथि सजाय माग दाबी गरिएको छ ।

अभियोगमा मुलुकी अपराध संहिता, २०७४ को दफा २ (९ क), २ र ३ (ङ)बमोजिम सजाय गरी निज प्रतिवादीबाटै अपराधपीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूिर्त शुल्क निर्धारण गरी उक्त क्षतिपूर्तिबापतको रकम क्षतिपूर्ति शुल्क कोषमा जम्मा गरी पाऊँ भनी माग दाबीसमेत गरिएको छ ।सञ्चारपाटी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button