खेलकुद

रियलले रुइजलाई अनुबन्धन प्रयास गर्ने

एजेन्सी – स्पेनिस महारथी रियल मड्रिडले स्पेन तथा इटालियन क्लब नेपोलीका मिडफिल्डर फावियन रुइजलाई अनुबन्धको प्रयास गर्ने भएको छ । रियलले यो विन्टर या अर्काे समरमा पहिलो लक्ष्यमा राख्दै अनुबन्ध गर्ने प्रयास गर्ने भएको हो ।

रियलले यसै समर सिजनमा फावियनलाई अनुबन्ध गर्ने प्रयास गरेपनि फावियनले नेपोलीमा रहने निर्णय गरेपछि रियल फावियनलाई अनुबन्ध गर्नबाट पछि हटेको थियो । तर, दुई साता अघि मात्रै प्रशिक्षक कार्लाे एन्सेलोटी बर्खास्तीमा परेसँगै रुइजले क्लब छाड्ने मनसाय बनाए । रियलले २३ वर्षे मिडफिल्डर फाबियन रुइजलाई अनुबन्ध गर्ने नम्वर एक लक्ष्यमा राखेको हो ।

रुइज २०१८ मा बेटिसबाट नेपोली पुग्नुअघि अन्य क्लबहरुको नजरमा परेका थिए । १३ पटकको च्याम्पियन्स लिग विजेता रियलले समर सिजनमा अनुबन्ध गर्ने प्रयास गर्दा नेपोलीका अध्यक्ष ओरेलियो डि लौरेन्टीइसले रुइजको मुल्य १५० मिलियन पाउन्ड तोके । तर, रियलले रुइजलाई यति मुल्य खर्चिन तयार भएन ।

एएसका अनुसार, फावियन रुइज रियलको नम्वर एक लक्ष्य हो । प्रशिक्षक जिनेदिन जिदानले रियलको मिडफिल्डलाई थप बलियो बनाउने प्रयास गरिरहेका छन् । जनवरीमा रुइज पहिलो लक्ष्य हो । २३ वर्षे रुइज स्पेन फर्कने मनासयमा छन् । जसलाई जनवरीमा रियलले पहिलो लक्ष्य बनाएको छ ।

नेपोलीका अध्यक्ष ओरेलियो रुइजलाई क्लबमै राख्न चाहन्छन् । तर, उचित मुल्य पाएको अवस्थामा सम्झौता गर्न सक्छन् ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button