
एजेन्सी – एन्थोनी मार्सियसल र मार्कुस रासफोर्डको गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । युनाइटेडले बर्नलीलाई उसकै मैदानमा २–१ ले हराएको हो ।
टर्फ मोर बर्नलीमा शनिबार राति भएको खेलमा पहिलो र दोस्रो हाफमा १–१ गोल सम्भव भएको थियो । खेलको शुरुवात देखि नै घरेलु टोलीलाई दवावमा राखेपनि युनाइटेडले गोलको लागि पहिलो हाफको अन्तिम समय कुर्नु परेको थियो । ४४औं मिनेटमा एन्ड्रियस पेरेराको पासमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।
त्यसअघि १३औं मिनेटमा रासफोर्डको प्रहार बर्नलीका गोलरक्षक निक पोपेले बचाएका थिए । ३४औं मिनेटमा ड्यानियल जेम्सको प्रहारलाई बर्नलीका डिफेन्डर जेम्स तारवस्कीले ब्लक गरिदिए । ५५औं मिनेटमा मार्सियलले युनाइटेडको अग्रता दोब्बर पार्ने अवसर खेर फाल्यो । ६९आं मिनेटमा बर्नलीले बराबरीको सुन्दर मौका खेर फाल्यो । फिल बार्ड्सलेको प्रहार गोलरक्षक डेभिड हे गेयाले पञ्च गर्दै बताए ।
७६औं मिनेटमा गुडमुडसनको प्रहार क्रसबारबाट थोरै बाहिरिदा बर्नलीले अर्काे बराबरीको मौका खेर फाल्यो । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई २–० को जित दिलाए ।
जितसँगै युनाइटेड २० खेलबाट ३१ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । बर्नली २४ अंकसहित १३औं स्थानमा छ । लिभरपुल ५२ अंकसहित शीर्ष स्थानमा तथा लेस्टर सिटी ४२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । म्यानचेस्टर सिटी ३८ अंकसहति तेस्रो तथा चेल्सी ३२ अंक जोडेर शीर्ष चारमा अटाएका छन् ।hamrokhelkud



