खबर

वीरगन्ज नाकाबाट ३१ महिलाको उद्दार

कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सामा चेलीबेटी बेचबिखनविरुद्ध सक्रिय भनिएको माइती नेपाल नामक संस्थाले एक बर्षको अवधिमा वीरगन्ज नाकाबाट ३१ महिलालाई उद्धार गरेको छ।

२०१९ को जनवरीदेखि डिसेम्बरसम्ममा माइती नेपाल वीरगन्जले दलालहरुको चंगुलमा परि भारतमा बेचिएका ३१ जना महिलालाई नेपाल फर्काएको हो। ती महिलाहरुलाई दिल्ली, कोलकत्ता, मोतिहारी, सुगौली, रामगढवा र रक्सौललगायतका ठाउँबाट उद्दार गरिएको माइती नेपाल वीरगन्ज शाखाकी प्रमुख संगीता पुरीले जानकारी दिनुभयो ।सोही अवधिमा वीरगन्ज नाका हुँदै मानवतस्करहरुले भारत लैजान लागेका १७३ जनालाई बेचिनबाट जोगाएको माइती नेपालले दाबी गरेको छ। पछिल्लो पटक मानवतस्करीको शैली समेत बदलिएको र बालबालिकाभन्दा विवाहित महिलाहरु तारोमा परेको सो संस्थाले जनाएको छ।

सामाजिक सञ्जाल फेसबुक, चिनजानका मानिस, आफन्त र भारतबाट काम गर्न नेपाल आएका मानिसको मायाजालमा परि बढि पैसा कमाउने लालसाले अधिकांश विवाहित महिला बेचिने गरेको पाइएको छ। भारतमा लगेर तालिम दिने भन्ने, तालिमका बहानामा पीडितबाटै रकम असुल्ने र केही दिनका लागि नेपाल फर्काइदिने, फेरि भारत बोलाएर बेचिदिने गरेको पुरीले जानकारी दिनुभयो ।

बेचिनेमध्ये अधिकांश पहाडी जिल्लाका रहेका र यसमा पुरुषहरुसमेत फस्ने गरेका छन्। सामाजिक संजालबाट मायाजालमा पारी काठमाडौंबाट भगाएर वीरगन्ज ल्याइएकी १४ बर्षीय बालिकाको उद्दार गरिएको छ। यी बालिकालाई एक युवतीले नै चंगुलमा मायाजालमा पारेर पुस तीन गते काठमाडौंबाट भगाएर वीरगन्ज ल्याइएका थियो। ती बालिकासँग २२ बर्षीय सुरज राउतले वीरगन्जमै बालविवाह गरेको समेत खुलेको छ। विवाहपछि भारत घुम्न जाने भनी फकाउँदै गरेको अवस्थामा ती बालिकाको उद्दार गरिएको माइती नेपालले जानकारी दिएको छ।newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button