कृषि र किसान

विभिन्न कृषि कार्यक्रम संचालन गर्दै कृषि ज्ञान केन्द्र धनकुटा

तेह्रथुम। कृषि ज्ञान केन्द्र धनकुटाले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले कृषक समुह, कृषि सहकारी, व्यवसायीक फार्म, कम्पनी, नीजी उद्यमीलाई सूचना प्रकाशित भएको मितले २१ दिन भित्र निवेदन पेश गर्न आव्हान गरेको छ ।

संचालन हुने कार्यक्रमहरु:
१. बीउ विजन आत्मनिर्भर कार्यक्रम (पहिलो वर्ष )
२. बीउ विजन आत्मनिर्भर कार्यक्रम (दोस्रो वर्ष )
३. चैते धान विशेष सहयोग कार्यक्रम
४. सघन बाली विकास आयोजना ( धान मकै गहुँ पहिलो वर्ष )
५. सघन बाली विकास आयोजना धान मकै गहुँ दोस्रो वर्ष
६. मकै उत्पादकत्व अभिवृद्धि कार्यक्रम
७. रैथाने बाली उत्पादन प्रर्वद्धन कार्यक्रम (कोदो ,फापर, जौ आदी ) अन्य
८. सुधारीएको अलैंची भट्टी निर्माण कार्यक्रम
९. किवी खेती प्रर्वद्धन कार्यक्रम
१०. कृषि बजार तथा संकलन केन्द्र निर्माण कार्यक्रम
११. आलु भण्डारणको लागि रष्टिक स्टोर निर्माण आयोजना
१२. खेर गएका सार्वजनिक जग्गामा फलफूल खेती प्रर्वद्धन कार्यक्रम
१३. पुराना रोगग्रस्त अलैंची बगानको प्रतिस्थापन कार्यक्रम
१४. अदुवा मिसन कार्यक्रम
१५. महिला दलित विपन्न तथा पिछडिएको समुदाय लक्षित कार्यक्रम
१६. युवा लक्षित च्याउ मह तरकारी उत्पादन कार्यक्रम
१७. नमुना कृषि फार्म स्थापना सहयोग
१८. राजमार्ग लक्षित तरकारी उत्पादन कार्यक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button