मूल खबर

छात्राको मृत्यु, आक्रोशित जनताले लगायो बसमा आगो

सडक दुर्घटनामा छात्राको मृत्यु, आक्रोशित जनताले लगायो बसमा आगो

जलपाईगढी : जलपाईगढीदेखि सिलगढीगामी 27 नम्बर राष्ट्रिय राजमार्गमा भएको सडक दुर्घटनामा एउटी छात्राको मृत्यु भएपछि आक्रोशित मानिसहरूले तीनवटा वाहनमा आगो लगाइदिएको घटना प्रकाशमा आएको छ। उक्त घटना मोहितनगर गोल घुम्ती इलाकामा घटेको हो। प्राप्त जानकारीअनुसार रानीनगरदेखि मोहितनगर जाने सडकमा बसको चपेटमा परेर एउटी छात्राको मृत्यु भएको बताइएको छ। यसपछि आक्रोशित मानिसहरूले उत्तरबंग राष्ट्रिय परिवहन संस्थाको बसमा आगो लगाइदिए। जलपाईगढी दमकल विभागको तीनवटा इञ्जिन घटनास्थलमा पुगेर धेरै समयको प्रयासपछि आगोलाई नियन्त्रणणमा ल्याइयो। कुनै पनि ठुलो अप्रिय घटना हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर घटनास्थालमा व्यापक पुलिस बल तैनाथ गरिएको छ।

कुचबिहारको छात्र जयेश कुमारको वर्ल्ड रेकर्ड

कुचबिहार : फ्रेञ्च ब्रावो इन्टरनेशनल बुक अफ वर्ल्ड रेकर्डमा कुचबिहारको दशौं श्रेणीका छात्र जयेश कुमार दासले आफ्नो नाम दर्ता गरेको छ। सबैभन्दा तेज कान हल्लाउने (fastest ear wiggling one minutes)-मा तिनले वर्ल्ड रेकर्ड बनाएका छन्। तिनको यस सफलताले तिनका परिवारका सदस्यहरू खुशी भएका छन्। आउँदो दिनहरूमा अझ सफलता हासिल गर्नका लागि मानिसहरूले तिनलाई शुभकामना दिएका छन्। जयेश यसभन्दा अघि एशिया बुक अफ रेकर्ड्समा गइसकेका छन्। जयेशले एक मिनटमा रेकर्ड 133 पल्ट कान हल्लाउँछन्। तिनले आफ्नो भिडियो बनाएर ब्रावो इन्टरनेशनल बुक अफ वर्ड्1 रेकर्ड-को वेवसाईडमा पठाए पछि तिनले उक्त नयाँ कीर्तिमान कायम गरेका हुन्।


बिजनबारीमा पत्रिका सिल्लरी-को विमोचन

बिजनबारी: लामागाउँ सांस्कृतिक प्रतिष्ठानद्वारा प्रकाशित समसामयिक पत्रिका सिल्लरी-को एउटा कार्यक्रमबीच विधिवत रूपमा लोकार्पण गरियो। यस अवसरमा दुई चरणमा कविता वाचन कार्यक्रम सम्पन्न गरियो। शिव ताम्लिङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मनप्रसाद सुब्बाले विमोचित समसामयिक पत्रिका सिल्लरी- बारे आफ्नो विचार प्रकट गरे।

उक्त पुस्तक लोकार्पण कार्यक्रममा प्रमुख अतिथिको रूपमा कवि मन प्रसाद सुब्बा तथा साहित्यकारहरू पुर्ण सुब्बा, एम पथिक, शरण खालीङ, प्रतिभा प्रेरणा परिषद सभापति मुक्तिनाथ शर्मा, सचिव सुजनहाङ, कला सगम सभापति पुनम दर्नाल, सचिव जयकुमार राई, शिक्षक ज्ञानचन्द्र लामा, समाजसेवी मोहन सुब्बा अनि गाउँलेहरूको बाक्लो उपस्थिति रहेको थियो।siliguritimes/india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button