स्वास्थ्य

जाडोमा पोलिने घटनाबाट जोगिने र प्राथमिक उपचारका १० उपाय

जाडोको समयमा पोलिने घटना अत्याधिक हुने र यसबाट अत्याधिक मात्रामा जनधनको क्षति हुने हुँदा निम्न बचाउ र प्राथमिक उपचारका उपायहरू अपनाउन अनुरोध छ।

१. आगोको काम सकिए पछि तुरुन्तै निभाउने।
२. न्यानो रहन लुगा लगाउने/ओढ्ने, आगो ताप्नै परे आगोको नजिक नबस्ने, खुकुलो लुगा नलगाउने, बच्चा नबोक्ने, मट्टितेल पेट्रोल आदि नखन्याउने।
३. फोहर र प्लाष्टिक कागज आदि उचित तरिकाले विसर्जन गर्ने। यिनलाई पोल्दा प्रदूषण हुने मात्र हैन, पोलिने पनि सक्छ।
४. आगो, तातो पानी र तातो पदार्थबाट बच्चाहरूलाई टाढै राख्ने।
५. भुईंभन्दा अग्लो तहमा पकाउने, पकाउँदा बच्चा नबोक्ने, कपाल र कपडा सपक्क बाँध्ने, छिट्टै आगो टिप्ने पोलिष्टर तथा टेरिकटनको कपडा नलगाउने।

६. ग्यास चूलो, पाइप र सिलिण्डरको नियमित चेकजाँच गर्ने, काम सकिए पछि रेगुलेटर बन्द गर्ने, ग्यास चुहावट भएको शंका लागे झ्याल ढोका खोलेर रेगुलेटर बन्द गर्ने। सलाई, बिजुली, टर्च, फोन प्रयोग गर्दा ठूलो विष्फोट हुनसक्ने हुँदा यसो नगर्ने।
७. हावा नखेल्ने बन्द कोठामा गिजर, हिटर चलाउँदा निसास्सिएर ज्यानै जानसक्ने हुँदा यसो नगर्ने। हिटर निभाएर मात्र सुत्ने।
८. आगोले पोलिहालेमा तुरुन्तै आतिएर दौडिनु हुँदैन। यस्तो अवस्थामा रोकिनुहोस्, भुईंमा लड्नुहोस् अनि लडिबुडी गरेर जिउमा लागेको आगो निभाउनुहोस्। यसरी ननिभे बाक्लो कम्बल वा सिरकले छोपेर निभाउन सकिन्छ।
९. आगो निभे पछि लुगा, घडी र गहनाहरू फुकाल्नु होस्। त्यस पछि घाउलाई धाराको पानी मा कम्तीमा आधा घण्टा धुनुहोस्।
१०. घाउलाई सफा कपडाले छोपेर नजिकको अस्पतालमा तुरुन्तै जानुहोस्। अस्पताल टाढा भएमा बाटोमा प्रशस्त नून, चिनी, पानी वा जीवनजल सेवन गर्दै जानुहोस्।
स्वास्थ्य खबरपत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button