खेलकुद

सिटी र लेस्टर एफए कपको चौथो चरणमा

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेष्टर सिटी र लेस्टर सिटी एफ ए कपको चौथो चरणमा प्रवेश गर्न सफल भएको छ । शनिबार राति भएको खेलमा सिटीले चौथो डिभिजनको क्लब पोर्ट भेलमाथि ४–१ को फराकिलो जित निकाल्दै चौथो चरणमा पुग्न सफल भएको हो ।

सिटीको फराकिलो जितमा अलेक्सान्डर जिन्चोन्को, सर्जियो अगुइरो, हारवुड वेलिस र फि फोडेनले गोल गरे । पोर्ट भेलका टोम पोपीले एक गोल फर्काए । इतिहाद स्टेडियममा भएको खेलको १९औं मिनेटमा अलेक्सान्डर जिन्चोन्कोले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा टोम पोपीले गोल गर्दै खेल बराबरीमा ल्याए ।

४२औं मिनेटमा सर्जियो अगुइरोले गोल गर्दै सिटीलाई खेलमा पुनः २–१ अग्रता दिलाए । हारवुडले ५८औं मिनेटमा गोल गर्दै सिटीलाई सहज जिततर्फ अग्रसर गराए । ७६औं मिनेटमा फि फोडेनले गोल गर्दै सिटीलाई ४–१ को फराकिलो जित दिलाए ।

यस्तै अर्काे खेलमा प्रिमियर लिगमा उच्च प्रदर्शन गरिरहेको लेस्टर सिटीले विगान एथ्लेटिकलाई २–० ले पराजित गर्दै अर्काे चरणमा पुग्न सफल भयो । लेस्टरको जितमा हार्वे वार्नेसले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

अन्य नतिजा

बर्मिङहमविरुद्ध ब्ल्याकबर्न (२–१)

व्रिस्टोल सिटीविरुद्ध स्रेउवरी (१–१)

बर्नलीविरुद्ध पिटरब्रोउ (४–२)

मिलवालविरुद्ध न्यु पोर्ट (३–०)

रोचदेलविरुद्ध न्यु क्यासल (१–१)

रोदरह्यामविरुद्ध हल सिटी (२–३)

ब्रेन्टफोर्डविरुद्ध स्टोक सिटी (१–०)

ब्राइटनविरुद्ध सेफ वेनस्डे (०–१)

कार्डिफविरुद्ध कारलिस्ले (२–२)

फुलहमविरुद्ध एस्टन भिल्ला (२–१)

अक्सफोर्ड युनाइटेडविरुद्ध हार्टलेपुल युनाइटेड (४–१)

प्रिस्टनविरुद्ध नर्विच (२–४)

रिडिङविरुद्ध ब्ल्याकपुल (२–२)

साउथह्याम्पटनविरुद्ध हडर्सफिल्ड (२–०)

वाट्फोर्डविरुद्ध ट्रानमेर (३–३)

बर्नमाउथविरुद्ध लुटन (४–०)

फ्लेटवुडविरुद्ध पोर्ट्समाउथ (१–२)

वल्भ्सविरुद्ध म्यानचेस्टर युनाइटेड (०–०)

hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button