खेलकुद

रियलको सहज जित

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले स्पेनिस ला लिगामा सहज जित निकालेको छ । रियलले गेटाफेमाथि उसकै मैदानमा ३–० को हार चखाएको हो ।

कोलुसियम अलफोन्सो पेरेज स्टेडियम गेटाफेमा शनिबार सात भएको खेलमा रियलको जितमा राफयल भरान र लुका मोड्रिचले गोल गरे । रियलले एक गोल उपहार पायो ।

प्रतिस्पर्धात्मक खेलको ३४औं मिनेटमा रियलले आत्मघाती गोलबाट खेलमा अग्रता बनाएको थियो । भरानेको हेडरलाई गेटाफेका डिफेन्डरले शुरुमा क्लियर गरेपनि गोलरक्षक डेभिड सोरियाले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रियलका गोलरक्षक थिवाउट कोर्टुवाले फेकलको क्रसमा क्यावरेराको लो हेडर प्रयासलाई विफल पार्दै सम्भावित बराबरी टारेका थिए ।

पहिलो हाफमा १–० को अग्रता लिएको रियलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । दोस्रो हाफको शुरुमै गेटाफेले दुई सुन्दर मौका पाएपनि फरवार्ड एन्जल रोड्रिग्वेज अफसाइड ठहरिए । ५१औं मिनेटमा गेटाफेले पेनाल्टीको अपिल गरेपनि त्यसलाई रेफ्रीले कुनै वास्ता नै गरेनन् ।

५३औं मिनेटमा रियलले अग्रता दोब्बर बनायो । टोनी क्रुसको फ्रिकिकमा राफयल भरानले सिक्स यार्ड बम्सभित्रबाट पावरफुल हेडमार्फत गोल गर्न सफल भए । ६२औं मिनेटमा जेमी माटाको प्रहारलाई डिफेन्डरले ब्लक गरिदिए ।

६५औं मिनेटमा भरानको अर्काे प्रहार गोलरक्षकले बचाए । ७३औं मिनेटमा ड्यानियल कार्भाहलको प्रहारलाई गोलरक्षक सोरियाले सहजै बचाए । ७५औं मिनेटमा घरेलु टोलीले गोल अन्तर घटाउने सुन्दर मौका खेर फाल्यो । मोउरो एरामबारीको प्रहारलाई रियालका गोलरक्षक कोर्टुवाले मुस्किलले बचाए ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रियलका बेलको प्रयासलाई गोलरक्षक र डिफेन्डरले क्लियर र ब्लक गरिदिए । लुका जोभिकको पासमा बेलको प्रहार गोलरक्षक सोरियाले बचाएपनि रिवाउन्डमा पावरफुल प्रहारलाई ब्लक गरिदिए ।

इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा लुका मोड्रिचे फेडरिको भालभेर्डेको पासमा गोल गर्दै रियललाई ३–० को जित दिलाए ।
जितसँगै रियलले १९ खेलबाट ४० अंक जोडेको छ । पराजित गेटाफे ३० अंकसहित सातौं स्थानमा छ ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button