
एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल र चेल्सी एफ ए कपको चौथो चरणमा प्रवेश गर्न सफल भएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले प्रिमियर लिग प्रतिद्धन्द्धी एभर्टनलाई १–० ले तथा चेल्सीले च्याम्पियनसिप क्लब नथिङघम फरेस्टलाई पराजित गर्दै चौथो चरणमा पुग्न सफल भएको हो ।

एनफिल्डमा भएको मर्सिसाइड डर्वी भिडन्तमा लिभरपुलको जितमा कर्टिस जोन्सले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ७१औं मिनेटमा डेभिड ओरिगीको पासिमा गोल गर्न सफल भएका थिए ।
पहिलो हाफमा घरेलु टोली लिभरपुलले एभर्टनसँग पुर्ण रुपमा दवावमा खेलेको थियो । खेलको छैटौ मिनेटमा नै एभर्टनका थियो वाल्कटले डोमिनिक कलभर्ट लेविनसँगको वान टु वान पासमा गरेको प्रहारलाई लिभरपुलका गोलरक्षक एड्रियनले उत्कृष्ट बचाउ गरेका थिए । १३औं मिनेटमा सिगुडसनको अर्काे प्रहार पनि एड्रियनले बचाए । २६औं मिनेटमा डोमिनिक कलभर्ट लेविन र २८औं मिनेटमा रिचार्लीसनको प्रहारलाई गोलक्षक एडियनले विफल पारिदिए ।

३४औं मिनेटमा लिभरपुलले पहिलो पोस्ट आक्रमण बुन्यो । डिभोक ओरिगीको क्रस पासमा लिभपुलबाट पहिलो खेल खेलिरहेका जापानी मिडफिल्डर टाकुमी मिनामिनोले प्रयास गरेपनि भेट्न सकेन । ४१औं मिनेटमा ओरिगीको प्रयासलाई एभर्टनका गोलरक्षक जोर्डन पिकफोर्डले उत्कृष्ट बचाउ गरे ।
४८औं मिनेटमा मोर्गानको प्रहार बारमा लागेर फर्कदा एभर्टन अग्रता लिनाट चुक्यो । लगातार दवावमा खेलेको लिभरपुलले ७१औं मिनेटमा गोल गर्न सफल भयो । डिभोक ओरिगीको पासमा जोन्सको प्रहार टप कर्नरमा सिधै गोलमा परिण भएको थियो । ७३औं मिनेटमा पिकफोर्डले अर्काे उत्कृष्ट बचाउ गर्दा लिभरपुल अग्रता दोब्बर बनाउनबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल १–० ले विजयी हुन सफल भयो ।

अर्काे खेलमा लन्डन क्लब चेल्सीले च्याम्पियनसिप क्लब नथिङघम फरेस्टलाई २–० ले पराजित गर्दै चौथो चरणमा पुग्न सफल भयो । चेल्सीको जितमा कलुम हड्सन ओडोइ र रोस बार्कलीले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

अन्य नतिजा
ब्रिस्टोल रोभर्सविरुद्ध कोभेन्ट्री (२–२)
बर्टनविरुद्ध नर्थह्याम्पटन (२–४)
चार्लटनविरुद्ध वेस्ट ब्रोम (०–१)
क्रिवेविरुद्ध ब्रान्सले (१–३)
मिडल्सवर्गविरुद्ध टोटेनहम (१–१)
क्युपीआरविरुद्ध स्वान्सी सिटी (५–१)
सेफिल्ड युनाइटेडविरुद्ध एएफसी फ्याल्डे (२–१) hamrokhelkud/from



