खेलकुद

युभेन्टसलाई पछि पार्दै इन्टर शीर्षस्थानमा

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुको उच्च प्रदर्शन प्रेरित खेलम नेपोलीलाई पराजित गर्दै इन्टर मिलान पुनः शीर्षस्थानमा फर्किएको छ। इन्टरले नेपोलीलाई उसकै मैदानमा ३–१ को जित निकाल्दै युभेन्टसलाई पछि पार्दै शीर्षस्थानमा फर्किएको हो ।

इन्टरको १८ खेलबाट ४५ अंक पुगेको छ । समान ४५ अंक रहेपनि युभेन्टस गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ । स्टेडियो सान पाउलो नेपोलीमा सोमबार राति भएको खेलमा इन्टर मिलानको जितमा रोमेलु लुकाकुले दुई तथा लोउटारो मार्टिनेजले एक गोल थपे । नेपोलीका एर्काडिअस मिलिकले एक गोल थपे । पहिलो हाफमा ३ तथा दोेस्रो हाफमा १ गोल सम्भव भएको थियो ।

खेलको १४औं मिनेटमा नै लुकाकुको गोलबाट इन्टर मिलान अघि बढेको थियो । ३३औं मिनेटमा लुकाकुले मार्सेलो ब्रोजोभिकको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै इन्टर मिलानलाई खेलमा २–० ले अघि बढाए । लुकाकु यसै सिजन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट इन्टर पुगेका हुन् । उनले इन्टरमा उच्च प्रदर्शनलाई निरन्तरता दिएको छ । उनले इन्टरबाट १८ खेल खेल्दा १४ गोल गरिसकेका छन् ।

३९औं मिलिकले गोल गरेपछि पहिलो हाफमा इन्टरले खेलमा २–१ को अग्रता लिन सफल भएको थियो । ६२औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरको जित सुनिश्चित गरे । खेलमा अग्रता लिएसँगै दवावमा परेको मिलानले त्यसपछि अग्रता जोगाउदै ३–१ को जित निकाल्न सफल भयो ।

hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button