खेलकुद

आर्सनल एफए कपको चौंथो चरणमा

एजेन्सी – च्याम्पियनसिप क्लब लिड्स युनाइटेडमाथि संघर्षपुर्ण जित निकाल्दै प्रिमियर लिग क्लब आर्सनल एफए कपको चौंथो चरणमा प्रवेश गरेको छ ।

सोमबार राति भएको तेस्रो चरणको खेलमा लिड्स युनाइटेडलाई १–० ले पराजित गर्दै आर्सनल चौंथो चरणमा प्रवेश गर्न सफल भएको हो ।
घरेलु मैदान इमिरेट्स स्टेयिममा आर्सनललाई जिताउन रेइस नेल्सनले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

५५औं मिनेटमा रेइस नेल्सनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । १ गोल गरेपछि आर्सनलले लिड्सँग दवावमा खेल्नु परेपनि अग्रता जोगाइराख्न सफल भयो ।hamrokhelkud

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button