खबर

पाथिभरा प्रिन्टिङ्ग प्रेसको विधिवत उद्घाटन

मेचीनगर । लामो समयदेखि काँकरभिट्टामा छपाई सम्बन्धि पेशालाई ब्यबसायिक रुपमा संचालन गर्दै आएका बिकास देबकोटा र राजन पाठकको संयुक्त पहलमा विधिवत रुपमा आजबाट प्रिन्टिङ्ग प्रेसको पनि संचालन भएको छ ।


एक दशक अघिनै यस क्षेत्रमा पाथिभरा प्रिन्टिङ्ग प्रेसका नामले छपाई ब्यबसायलाई सफल रुपमा संचालन गर्दै आएको पाथिभराले आजबाट आफ्नै छपाई मेसिन संचालनमा ल्याएर छापाखानाको बिधिवत उद्घाटन गरेको हो । छपाई सम्बन्धि सम्पूर्ण काम गर्दै आएको पाथिभरा प्रिन्टङ्ग प्रेस ( छापाखाना) तर्फका बिकास देबकोटा र राजन पाठकले हिन्दु परम्परा अनुसार आज बिधिवत रुपमा अनुष्ठान गरि छापाखाना संचालनमा ल्याएको जानकारी गराए ।


मेचीनगर ६ स्थित बाहुण्डाँगी रोडमा रहेको पाथिभरा प्रिन्टिङ्ग प्रेसले छपाई सम्बन्धि सम्पूर्ण कामका अलवा फ््ेल्स प्रिन्ट , स्टीकर , स्टाम्प , होडिङ्ग बोर्ड लगायतको सुविधा उपलब्ध गराउने राजन पाठकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button