खेलकुद

रियाल स्पेनिस सुपर कपको फाइनलमा

एजेन्सी – स्पेनिस महारथी रियाल म्याड्रिड स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा भ्यालेन्सियालाई ३–१ ले पराजित गर्दै रियाल स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

साउदी अरबको जेदाहास्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीको खेल मैदानमा रियालको जितमा टोनी क्रुस, इस्को र लुका मोड्रिचले गोल गरे । भ्यालेन्सियाका ड्यानियल परेजो एक गोल फर्काए । खेलको शुरुवातदेखि नै भ्यालेन्सियालाई दवावमा राखेको रियालले १५औं मिनेटमा गोलको खाता खोलेको थियो ।

गोलरक्षक जोउमे डोमिनिच पोजिसनमा नरहँदा टोनी क्रुसको कर्नर प्रहार सिधै गोलमा परिणत भएको थियो । उनको प्रहारलाई जोउमेले पञ्च गरेर बचाउने प्रयास गरेपनि सफल भएनन् ।

३९औं मिनेटमा इस्कोको गाल गर्दै रियाललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । लुका मोड्रिचको प्रहारलाई डिफेन्डरले ब्लक गरेपनि रिवाउन्डमा इस्कोको बललाई नियन्त्रणमा लिदै गोल गर्न सफल भएको थियो ।

६५औं मिनेटमा लुका मोड्रिचले लुका जोभिकको पासमा गोल गर्दै रियाललाई सहज जिततर्फ अग्रसर गराए । मोड्रिच दुई डिफेन्डरको निगरानीम रहेपनि उनले उत्कृष्ट गोल गर्न सफल भएका थिए ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ड्यानियल परेजोले पेनाल्टीमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । तर, त्यसपछि थप गाल निस्कन नसक्दा रियाल ३–१ ले विजयी हुन सफल भयो ।

दोस्रो सेमिफाइनलमा आज राति बार्सिलोना र एट्लेटिको मड्रिडबीच खेल हुनेछ । यो खेलमा विजयी हुने टोलीले १२ जनवरीमा रियालसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button