खेलकुद

कारवाओ कप: लेस्टर र भिल्ला बराबर

एजेन्सी – लेस्टर सिटी र एस्टन भिल्लाले इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा १–१ गोलको बराबरी खेलेका छन् ।

किङ पावर स्टेडियममा बुधबार राति भिल्लाले खेलमा लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो । भिल्लाका फेडरिक गुइबर्टले तथा घरेलु टोलीका केलिचीले बराबरी गोल फर्काए । खेलको २८औं मिनेटमा अनवर इल घाँजीको पासमा फेडरिकले गोल गर्दै पाहुना टोलीलाई पहिलो हाफमा १–० ले अघि बढाए ।

पहिलो हाफमा १–० ले पछि परेको घरेलु टोलीले दोस्रो हाफमा बराबरी गोल फर्काउन सफल भयो । ७४औं मिनेटमा केलिचीले जेमी भार्डीको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा टुंगियो ।

अब दोस्रो लेग भिल्लाको मैदानमा २९ जनवरीमा हुनेछ । लेस्टरलाई अघि बढ्न दोस्रो लेगमा कम्तीमा पनि १–० को जित आवश्यक छ । भिल्लालाई बराबरी नै फाइनल पुग्न पर्याप्त हुनेछ ।

यसअघि मंगलबार राति सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा ३–१ ले पराजित गरेको छ ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button