खबर

पृथ्वी जयन्तीको अवसरमा भोलि पाँच स्थानीय तहमा बिदा

गोरखा,

पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते आइतबार गोरखाका पाँच वटा स्थानीय तहले बिदा दिएका छन्।

गोरखा र पालुङटार नगरपालिकासहित सिरानचोक, अजिरकोट र भीमसेन थापा गाउँपालिकाले बिदा दिएका हुन्। यी स्थानीय तह २०७४ को चुनावमा नेपाली कांग्रेसले जितेको थियो। छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै उनीहरूले नगर र गाउँपालिका बिदा दिने निर्णय गरेका हुन्। आधुनिक नेपालका राष्ट्रनिर्माता तत्कालीन राजा पृथ्वीनारायण शाहको योगदानलाई उच्च कदरस्वरुप स्थानीय सरकारको तर्फबाट राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीलाई भव्यता साथ मनाउन सार्वजनिक बिदाको घोषणा गरिएको हो।

नेपाल एकीकरण थालनी भएको गौरवपूर्ण इतिहासलाई भुल्न नहुने भन्दै बिदा दिने निर्णय गरेको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बताए। नगरपालिकाले झाँकीसहित र्‍याली गरेर आइतबार पृथ्वीजयन्ती मनाउँदैछ।नारायणी अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button