स्वास्थ्य

अष्ट्रेलियाले भन्यो – नेपालमा संक्रामक रोगको डर, उपचारको सिमितता छ, ट्राभल एड्भाइजरीमा उल्लेखित नेपालको स्वास्थ्यका विषयले भ्रमण वर्षलाई असर गर्न सक्ने

काठमाडौं – अस्ट्रेलियाले नेपाल घुम्न आउने आफ्ना नागरिकलाई नेपाल बसाइ अवधिभर ‘उच्च सतर्कता’ अपनाउन आग्रह गरेको छ।

नेपालले ‘भ्रमण वर्ष २०२०’ गर्नु केही दिनअघि जारी गरिएको ‘ट्राभल एडभाइजरी’ मा आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। अस्ट्रेलियाको विदेश मन्त्रालय अन्तर्गतको ‘स्मार्टट्राभलर डट जिओजभी डट एयू’ ले गत ९ डिसेम्बरमा उक्त एडभाइजरी जारी गरेको थियो जुन आउँदो ५र६ महिनासम्म कायम हुने छ।

उक्त ट्राभल एड्भाइजरीमा उल्लेखित नेपालको स्वास्थ्यसम्बन्धि विवरणले नेपाल भ्रमण वर्षलाई समेत असर गर्नसक्ने देखिएको छ।

अष्ट्रेलियाले जारी गरेको एडभाइजरीमा राजनीतिक, समाजिक र स्वास्थ्य सुरक्षालाई आधार बनाइएको छ।

के छ एडभाइजरीमा?

स्वास्थ्य

–काठमाडौंसहितका केही सहरमा उच्च खालको माफैसमी हुस्सु र प्रदुषण भइराख्छ। श्वास प्रश्वासमा कुनै कठिनाइ हुने बित्तिकै मेडिकल सूझाव लिनू।
– एल्टिटियूड सिकनेस’को सम्भावना उच्च हुन्म्छ। यात्रा बीमा सूनिश्चित गर्नू।
–तराई, पहाडी जिल्ला र चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मलेरियाको जोखिम छ।
–एचआइभी एड्स, रेबिज जस्ता रोगहरुको संक्रमणको जोखिम पनि छ।
–काठमाडौं बाहिर स्वास्थ्य सेवा सिमित छ। राम्रो सेवा हुने काठमाडौंका क्लिनिक पनि महंगा छन्।

सुरक्षा
–काठमाडौंसहित नेपालभर सानो स्तरका विष्फोटक आक्रमण भइरहन्छन्। राजनीतिक तनावका बेला यस्ता विस्फोटन धेरै हुन्छन्। राजनीतिक अशान्ती भएका बेला सरकारी भवनको भ्रमण नगर्नू।
– कुनै बेला राजनीतिक प्रदर्शन र बन्दहडाताल हुन्छ। यसले आवश्यक सेवामा अवरोध हुन सक्छ।
–पाकेटमारी र सनातिना चोरी समान्य जस्तै हुन्छ। महिलाले एक्लै यात्रा नगर्नू।
—यात्री सशस्त्र समूहको लुटपाट र दूराचारर पीडित भएका छन् जुन यौन दूराचारसम्म पनि हो।
–भूकम्प, बाढी र पहिरो जस्ता प्रकोप नेपालले भोगि रहन्छ। मुख्य आपतकालका लागि सधै तयार हुनू।

एडभाइजरीले नेपाललाई पर्ने असर
अष्ट्रेलियाबाट बर्सेनी हजारौं पर्यटक नेपाल आउने गर्छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्रालका अनुसार सन् २०१७ मा ३३ हजार ३ सय ७१ र सन् २०१८ मा ३८ हजार ४ सय २९ पर्यटक अष्ट्रेलियाबाट आएका थिए।

नेपलाले भ्रमण वर्ष मनाइरहेका बेला अष्ट्रेलियाबाट जारी भएको यस्तो एडभाइजरीले नेपालको पर्यटन प्रवद्धनमा असर पर्ने पर्यटन उद्धमीहरुले बताएका छन्।

‘स्मार्ट ट्राभलर डक जिओजभी डट एयू’ले प्रायः ५/६ महिनाको अवधिमा मात्रै आफूले जारी गरेका यस्ता एड्भाइजरी जारी गर्छ।

नेपालमा अष्ट्रेलियाले भनेजस्तो सुरक्षा क्षेत्रमा तुलनात्मक सुधार नभए त्यसमा परिवर्तन हुने देखिदैन्।

अघिल्लो एडभाइजरी भ्रमण वर्षको मध्यसम्म निरन्तर हुने देखिन्छ जसले सकेसम्म धेरै पर्यटन भित्र्याउने नेपालको योजनामा धक्का लाग्न सक्छ।स्वास्थ्य खबरपत्रिका

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button