खबर

भारतले दशगजामा बनाउन थालेको स्वागतद्वारा निर्माण स्थगित

सुभेन्द्र दास, लहान ।

सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिका ४ ठाडी बजारनजिकै भारतीय भन्सार कार्यलयले निर्माण थालेको स्वागतद्वार दशगजामै परेपछि काम स्थगित गरिएको छ ।

भारतीय सुरक्षाकर्मी एसएसबी , नेपालक सशस्त्र प्रहरी र संयुक्त सर्वे टोलीले तीन दिन लगाएर गरेको अध्ययनमा उक्त निर्माण कार्य दशगजा भित्रै परेकोले पाइएको छ । ‘मिड प्वाइन्ट’ बाट दुवैतर्फ दशगजा ९.१ खाली हुनुपर्ने हो तर निर्माण भइरहेको ठाउँ करिब ६.१ भित्रै परेको छ ।

‘नेपाल–भारत संयुक्त सीमा सर्वे टोलीले सर्वे गरेपछि उक्त निर्माण कार्य दशगजामै परेको पाइएको छ,’ सशस्त्र प्रहरी सिरहाका प्रमुख एसपी प्रविण कडेँलले भने,‘ विवादको अन्तिम निर्क्यौल नभए सम्मको लागि काम स्थगित गरेको छ ।’ दुवै देशको सीमा सर्वे टोलीले प्रतिवेदन दिएपछि थप स्पष्ट हुने उनले बताए ।

एक हप्ता अगाडि देखि भारतीय भन्सार कार्यलयले स्वागतद्वार निर्माण गर्न थालेको थियो । स्थानीयले विरोध गरेपछि प्रशासनले चासो देखाएको थियो । त्यसपछि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नापी विभागका निर्देशकलाई जानकारी गराइ सर्वे टोली मगाइएको थियो ।

newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button