खबर

प्रधानसेनापति थापा बंगलादेशतर्फ

काठमाडौ, (नेस)।

प्रधानसेनापति पूर्णचन्द्र थापा बंगलादेश सेनाका सेना प्रमुख अजिज अहमदकोको औपचारिक निमन्त्रणामा आइतबार ७ सदस्यीय भ्रमण दलसहित नेपाली सेनाको आफ्नै बंगलादेशतर्फ प्रस्थान गर्नुभएको छ।

प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरदकुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको थियो। उक्त अवसरमा नेपालस्थित बंगलादेशका राजदूत, नेपाली सेनाका रथीबृन्द, नेपालस्थित बंगलादेशका सैनिक सहचारीको उपस्थिति रहेको थियो।

यसअघि उहाँलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।भ्रमणको दौरान उहाँले बंगलादेशका विभिन्न सैनिक युनिटको भ्रमण, उच्चस्तरीय पदाधिकारीसँग भेटवार्तालगायत ऐतिहासिक स्थलको समेत भ्रमण गर्नुहुने भएको छ। औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानसेनापति थापा माघ १ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ।

उक्त भ्रमण अवधिभर प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी शरदकुमार गिरीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुनेछ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र बंगलादेशी सेना बीच रहँदैआएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button