कृषि र किसान

जैविक चिया संस्कृतिको विकास गर्न ‘टि टक’ कार्यक्रम

जमुनावर्षा शर्मा

पोखरा। पोखरामा आइतबार जैविक चिया र यसको महत्वको बारेमा ‘टि टक’ कार्यक्रम गरिएको छ । विशेष गरी अग्र्यानिक (जैविक) चियाको महत्व र यसले मानव स्वास्थ्यमा पार्ने प्रभावको बारेमा जानकारी दिन र स्वदेशी चियाको प्रवद्र्धन गर्न कार्यक्रम गरिएको बसन्त टे«डका संचालक एवं अग्र्यानीक चिया व्यवसायी रवी पौडेलले जानकारी दिए ।

‘टि टक’ कार्यक्रममा जैविक चिया विज्ञ एवं कञ्चनजंघा अर्थोडक्स चिया उद्योगका सञ्चालक हरि सिटौलाले चियाको उत्पत्ति र यसको विकासक्रमसँगै मानव स्वास्थमा यसको महत्वको बारेमा जानकारी दिए ।

‘माइण्ड केमेस्ट्रि रिर्सच पर्सन’ समेत रहेका सिटौलाले मानव मस्तिष्कमा जैविक चियाले उत्पन्न गराउने हर्मोन र त्यसले मस्तिष्कलाई कसरी सक्रिय र निस्क्रिय बनाउन भूमिका खेल्छ भन्ने बारेमा जानकारी दिए । उनले जैविक चियामा भिटामिन सी र इ तथा बी टु पाइने ग्रीन टीमा फोलिक एसिड, बिटा व्यारोटिन क्याल्सियम, फस्फोरस, म्याग्नेसियम, जिङ्क कपर एन्टि अक्सिडेन्ट आदि तत्वहरु पाइने र यसको प्रयोगबाट शरीरमा स्फुर्तिका साथै स्मरण शक्ति विकास हुने बताए ।

‘टि टक’ कार्यक्रममा सहभागी ज्ञान गुरुङले सामान्य रुपमा बुझिने जैविक चियाका अनेक फाइदाको बारेमा जानकारी लिन पाएको प्रतिक्रिया दिए । उनले एउटै चियाको बोटबाट विविध खालका चिया कसरी तयार गरीन्छ भन्ने र त्यसको तयारी प्रक्रियाको बारेमा समेत जानकारी लिन सफल भएको बताए ।

फिटनेस संचालक कृष्णा गुरुङले पनि स्वस्थ्य मानसिकता र स्वस्थ शरीरका लागि जैविक चियाका अनगिन्ति गुणहरुको बारेमा जानकारी लिन सफल भएको बताए । उनले भने –“हामीमा अझै जैविक चियाको महत्व थाहा छैन यसका यति धेरै फाइदा रहेछन् । देश भित्रको उत्पादनले अन्तर्राष्ट्रिय बजार लिइसक्दा पनि हामी यसको महत्व बुझ्न सकेका रहेनछौ ।” उनले नेपालीमा अझै चिया पिउने परम्परागत संस्कृती भएपनि यसको वैज्ञानिक पद्धतिको बारेमा जानकारी नभएको भन्दै यस्तो कार्यक्रमले जैविक चियाको महत्व उजागार गर्ने बताए ।

कार्यक्रम आयोजक रवि पौडेलले विगत ७ सात वर्ष देखि अग्र्यानिक र सेमि अग्र्यानिक चियाको व्यवसाय गर्दै आएको र पछिल्लो समय नेपालीले जैविक चियाप्रति रुचि देखाएको बताए । “जुन अनुपातमा जैविक चियाको प्रयोग हुनुपर्ने हो त्यो अझै भएको छैन ।” चिया संस्कृतिको विकास गर्न र यसको महत्वलाई उजागार गर्न जानकारी दिने उद्देश्यले कार्यक्रम गरेको उनको भनाइ थियो ।

पौडेलले अहिले बसन्त चिया टे«ड कन्सर्नमा चियाको मात्र ३० वटा भेराइटि उपलब्ध रहेको बताए । “विभिन्न रोग लागेका व्यक्ति अहिले जैविक चिया प्रयोगबाट सञ्चो भएको भन्दै खोज्न आउने गरेका छन् ।” उहाँले जैविक चियाको राम्रोसँग प्रयोग गर्न जानियो भने शरीरको ८० प्रतिशत रोग निको हुने दावी गरे ।

कञ्चनजंघा अर्थोडक्स चिया उद्योगका अर्का सञ्चालक डम्बर बहादुर खत्री र अर्गानिक चिया व्यवसायी युवराज दाहालले पनि जैविक चियाको महत्वको बारेमा आफ्नो अनुभव राखेका थिए । विभिन्न क्षेत्रका प्रतिनिधि व्यत्तिहरुको उपस्थितीमा कार्यक्रमको आयोजना गरेको र यसले गुणात्मक नतिजा दिनेमा आफु विश्वस्त रहेको पौडेलले बताए ।krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button