कला

रजनीकान्तको ‘दरबार’ ले छाप्यो डेढ सय करोड

एजेन्सी,

अभिनेता रजनीकान्तको फिल्म ‘दरबार’ ले दुनियाँभरमा धूम मच्चाएको छ । फिल्मले प्रदर्शनको चार दिनमा विश्वभर १ सय ५० करोड छापेको छ । लायका प्रोडक्शन्सले आफ्नो ट्विटर एकाउन्टमा एक पोस्टर साझेदार गर्दै फिल्मको कमाई खुलाएको हो । ९ जनवरीमा प्रदर्शनमा आएको फिल्म तीन भाषामा रिलिज गरिएको छ । फिल्मले तमिल र तेलुगूमा सानदार कमाई गरेको छ ।

तर, ‘दरबार’ ले हिन्दीमा भने खासै राम्रो व्यापार गर्न सकेको छैन । ४ दिनको विकेन्ड पाएको फिल्मले अभिनेता अजय देवगनको फिल्म ‘तानाजी : द अनसंग वारियर’ र अभिनेत्री दीपिका पादुकोणको ‘छपाक’ का कारण हिन्दी भर्सनमा राम्रो व्यापार गर्न नसकेको हो । एआर मुरगादोसले फिल्मको निर्देशन गरेका हुन् । यसमा रजनीकान्त एंग्री पुलिस अफिसरको भूमिकामा छन् ।

करीब २५ वर्षपछि उनले फिल्ममा पुलिसको भूमिका निभाएका हुन् । मुरगादोस र रजनीकान्तको यो पहिलो फिल्म हो । फिल्ममा नयनतारा, सुनील शेट्टी, प्रतीक बब्बर, निवेता थोमस, योगी बाबूलगायतका कलाकारहरुको पनि अभिनय छ । १२ डिसेम्बरमा ६३ वर्षका भएका रजनीकान्तको यो अन्तिम फिल्म हुनसक्ने बताइएको छ । अब, उनी फिल्मबाट सन्यास लिँदैछन् ।

‘दरबार’ रिलिजको एक दिनपछि प्रदर्शनमा आएको मेघना गुलजारको निर्देशनमा बनेको दीपिका पादुकोण र विक्रान्त मेस्सीको ‘छपाक’ भन्दा अजय देवगन, सैफ अली खान र काजोलको ‘तानाजी : द अनसंग वारियर’ कमाईको मामलामा धेरै अगाडि निस्किएको छ । ‘छपाक’ ले तीन दिनमा २१ करोड ३७ लाख कमाउँदा ‘तानाजी’ ले ७५ करोड ६८ लाखको व्यापार गरेको छ ।flmykhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button