कला

फिल्मविहीन आयुष्मान !

फिल्मीखबर

‘चपली हाइट २’ बाट डेब्यू गर्दैगर्दा अभिनेता आयुष्मान देशराज जोशीको निकै चर्चा भएको थियो । कतिपयले अहिलेका चल्तीका अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्कालाई उनी थ्रेट हुनसक्ने निष्कर्ष पनि निकालेका थिए । तर, डेब्यू फिल्म नचल्नु र त्यसपछि फिल्म छनोटमा गम्भीर नहुँदा उनको छोटो समयमै करिअर धरमरायो । अझै उनको करिअर सम्हालिन सकेको छैन ।

फिल्ममा प्रवेश गर्दा आशलाग्दा अनुहारको रुपमा हेरिएको आयुष्मानप्रति आजभोली दर्शकमा समेत कुनै चासो छैन । न उनका फिल्म रिलिज हुँदा नै दर्शकमा उत्साह रहन्छ । यो हुनुमा कतिपयले अभिनेत्री प्रियंका कार्कीसँगको प्रेम सम्बन्धलाई पनि मानेका छन् । प्रियंकासँगको खुल्लम खुल्ला प्रेम सम्बन्धले उनको पालुवा हाल्दै गरेको फिल्म करिअरलाई ध्वस्त बनाएको बताइन्छ ।

आयुष्मान पछिल्लो पटक फिल्म ‘सानो मन’ मा देखिएका थिए । यो फिल्म असार अन्तिममा प्रदर्शनमा आएको थियो । यसपछि उनको न नयाँ फिल्म प्रदर्शनमा आएको छ न त नयाँ फिल्ममा अनुबन्ध भएको खबर नै बाहिरिएको छ । अहिले उनी फिल्मविहीन भएको चर्चा फिल्मवृतमा छ। हातमा फिल्म नहुँदा अहिले उनी प्रेमिका प्रियंकासँग म्यूजिक भिडियोमा काम गरिरहेका छन् ।

डेब्यू फिल्मदेखि नै अभिनयको वाहवाही बटुल्दै आएका आयुष्मानले ‘सानो मन’ मा उम्दा प्रस्तुति दिएका थिए । तर, अभिनय राम्रो हुँदा-हुँदै पनि क्रेज कमजोर भएका कारण उनलाई फिल्ममा लिएर जोखिम उठाउने पक्षमा निर्माता देखिएका छैनन् । एकातिर प्रियंकासँग दुई पटक इन्गेजमेन्ट भएर पनि बिहे हुन सकेको छैन । अर्कोतिर हातमा फिल्म छैन । आयुष्मानलाई पनि तनाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button