खेलकुद

एमबाप्पे सर्वाधिक महँगा खेलाडी!

एजेन्सी – फ्रान्स तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा फरवार्ड केलियन एमबाप्पे विश्वको सर्वाधिक महँगा खेलाडी बनेका छन् ।

दि सिआईइस फुटबल अब्जरभेटोरीको एक अनुसन्धानले एमबाप्पे विश्वकै सर्वाधिक महँगा खेलाडी रहेको उल्लेख गरेको छ । उनको मुल्य २२५ मिलियन पाउन्ड तोकिएको छ । उनीभन्दा पछि इंग्ल्यान्ड तथा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङ रहेका छन् । उनको मुल्य १९० मिलियन पाउन्ड तोकिएको छ । इजिप्ट तथा प्रिमियर लिग लिरपुलका मोहम्मद सलाह १४९ मिलियन पाउन्डसहित तेस्रो स्थानमा रहेका छन् ।

दि सिआईइस फुटबल अब्जरभेटोरीको अनुसन्धानले इंग्ल्यान्ड, स्पेन, इटाली, फ्रान्स र जर्मनीमा आधारित रहेर क्लब, पोजिसन र उमेरका आधारमा यो अनुसन्धान तयार पारेको हो । यस्तै अनुसन्धानमा उनीहरुको सम्झौता अवधि, राष्ट्रियता र क्लबहरुको आर्थिक स्तरले पनि खेलाडीको मुल्यबारे आँकलन गरिएको छ ।

एमबाप्पेलाई पछिल्लो वर्ष इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियाल म्याड्रिडले क्लबमा अनुबन्ध गर्न २२५ मिलियन पाउन्ड मुल्य तोकिएको उल्लेख छ । इंग्ल्यान्ड तथा जर्मन क्लब बोरुसिया डर्टमन्डका जाडोन सान्चो चौथो स्थानमा रहेका छ् । उनलाई पछिल्लो समय दुई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र चेल्सीले अनुबन्धको लागि १ सय ४३ मिलियन पाउन्ड तोकेको छ ।

आधुनिक फुटबलमा महारथी अर्जेन्टिना तथा स्पेनिस क्लब बार्सिलोनाका लियोनेल मेस्सी आठौं स्थानमा रहँदा पोर्चुगिज तथा इटालियन क्लब युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो अन्तिम २० को सुचीमै अटाएका छैनन् । बढ्दो उमेरकै कारण रोनाल्डोको मुल्यमा ह्रास आइरहेको छ ।

यो सिजन चेल्सीमा उच्च प्रदर्शन गर्दै इंग्ल्यान्डको राष्ट्रिय टोलीमा स्थान बनाउन सफल २२ वर्षे ट्यामी अब्राहमको मुल्य ह्वात्तै बढ्दा सर्वाधिक महँगाको १७औं स्थानमा अटाएका छन् । उनको मुल्य ८८ मिलियन पाउन्ड तोकिएको छ ।

विश्व फुटबलकै महँगा खेलाडी ब्राजिल तथा पीएसजीका फरवार्ड नेयमार ८५ मिलियन पाउन्ड रहेको छ । लगतार चोटसँग जुधिरहेका कारण उनको मुल्यमा ह्रास आइरहेको छ ।

महँगा खेलाडीको सुची

१. केलियन एमबाप्पे (२२५ मिलियन पाउन्ड)

२.रहिम स्ट्रलिङ (१९० मिलियन पाउन्ड)

३. मोहम्मद सलाह (१४९ मिलियन पाउन्ड)

४.जाडोन सान्चो (१४३ मिलियन पाउन्ड)

५.साडियो माने (१३२ मिलियन पाउन्ड)

६. ह्यारी केन (१२८ मिलियन पाउन्ड)

७. मार्कुस रोसफोर्ड (११४ मिलियन पाउन्ड)

८. लियोनेल मेस्सी (१०७ मिलियन पाउन्ड)

९. एन्टोइन ग्रिजमन (१०५ मिलियन पाउन्ड)

१०. लोउटारो मार्टिनेज (९८ मिलियन पाउन्ड)

११. ग्याब्रियल जेसस (९८ मिलियन पाउन्ड)

१२. जेम्स म्याडिसन (९६ मिलियन पाउन्ड)

१३. टिमो वेर्नर (९५ मिलियन पाउन्ड)

१४. रोवर्टाे फिर्मिनो (९५ मिलियन पाउन्ड)

१५. ट्रेन्ट एलेक्सन्डर अर्नाेल्ड (९४ मिलियन पाउन्ड)

१६. रिचार्लीसन (८८ मिलियन पाउन्ड)

१७. टम्मी अब्राहम (८८ मिलियन पाउन्ड)

१८.जोओ फेलिक्स (८६ मिलियन पाउन्ड)

१९. नेयमार (८५ मिलियन पाउन्ड)

२०.रोमेलु लुकाकु (८५ मिलियन पाउन्ड)/hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button