
एजेन्सी – बिग ब्यास लिगमा मेलबर्न स्टार्सका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका तीव्र गतिका बलर हरिस रउफ पाकिस्तानको टि ट्वान्टी टोलीमा परेका छन् ।
घरेलु मैदानमा हुने बंगलादेशसँगको तीन टि ट्वान्टी सिरिजको लागि विहीबार घोषणा गरिएको १५ सदस्य टोलीमा रउफले मौका पाएका हुन् । तीब्र गतिका बलर रउफले अष्ट्रेलिया बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सबाट उत्कृष्ट प्रर्दशन गरेपछि रउफलाई पाकिस्तान क्रिकेट बोर्डले मौका दिएको हो ।
मेलबर्न स्टार्सबाट रउफले सुरुवाती ७ खेलमा १६ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीमा दोस्रो स्थानमा छन् । हरिसले सिड्नी थन्डरविरुद्ध ह्याटि्रक गरेका थिए । होबार्ट हरिकेन्सविरुद्ध ४ ओभरमा २७ रन खर्चेर ५ विकेट लिएका थिए । रउफसँगै अलराउन्डर अहसान अली र अहमद बुटा पनि पहिलो पटक पाकिस्तानको टोलीमा परेका छन् । आसिफ अली, फहकार जमान, हरिस सोहेल, इमान उल हक, मोहम्मद आमिर, मोहम्मद इरफान र वहाव रिवाज टोलीमा परेका छैनन् ।
बंगलादेश र पाकिस्तानसँगको टि ट्वान्टी खेल तालिका
माघ १०: पहिलो टि ट्वान्टी
माघ ११: दोस्रो टि ट्वान्टी
माघ १३: तेस्रो टि ट्वान्टी
बंगलादेशविरुद्ध पाकिस्तानको टि ट्वान्टी टोली :
बाबर आजम (कप्तान), अहसान अली, अहमद बुट, हरिस रउफ, इफ्तिइखर अहमद, इमाद वासिम, कुशदील शाह, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद रिजवान, मुसा खान, सादव खान, शाहिन शाह अफ्रिदी, सोएव मालिक, उस्मान कादिर/hamrokhelkud



